कार्यालयबाट प्रवाह गरिने सेवालाई थप व्यवस्थित गर्न कर्मचारी र पत्रकारवीच समन्वय आवश्यक : प्रजिअ खरेल

कोपिला कँडेल, बागलुङ २०७५ चैत ५ । जिल्ला प्रशासन कार्यालय बागलुङले प्रत्यक महिनाको ५ गत आयोजना गर्दै आएको कार्यालय प्रमुखहरु एवं सूचना अधिकारीहरु संगको पत्रकार भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ । आजको पत्रकार भेटघाट कार्यक्रम २०७५ सालको अन्तिम हो ।

आजको पत्रकार भेटघाट कार्यक्रममा विभिन्न सरकारी कार्यालयहरुले कार्यालयबाट सम्पादित कार्यहरु एवं सेवाग्राहीहरुलाई दिईएको सेवा प्रवाह सम्वन्धमा आ–आफ्नो कार्यालयको प्रगतिका बारे जानकारी गराएका थिएं ।

विभिन्न कार्यालयहरुबाट गत महिनामा गरिएका कार्यसम्पादन सम्बन्धी गतिबिधी सम्पुर्ण कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव राम थापा अबिरल लाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रजिअ खरेलले जिल्लाबाट प्रवाह हुने सेवासुबिधालाई प्रभावकारी बनाउनका लागि राष्ट्रसेवक सबै कर्मचारी वर्ग जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताउदैे सेवाग्राहीलाई सेवामात्र नभै सम्मानसहितको सेवा प्रवाह गर्नुपर्ने बताए ।

जिल्लाको शान्ति सुरक्षा बिपद ब्यवस्थापन लगायत बिकास निर्माण लगायतका कार्यलाई अगाडी बढाउनका लागि मासिक रुपमा सूचना सार्वजनिक हुन अनिबार्य छ, प्रजिअ खरेलले भन,े कार्यलयबाट हुने सेवा प्रवाहलाई थप ब्यवस्थित बनाउनका लागि कर्मचारी र संचारमाध्यम बिच समन्वय र सहकार्य हुन जरुरी छ ।

पत्रकार भेटघाट कार्यक्रममा लोकसेवा आयोग बागलुङका प्रमुख निर्देशक गणेश प्रसाद पौडेलले नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा बेदप्रसाद खरेलले बागलुङ आउनु भएपछी प्रत्यक महिनाको ५ गते कार्यालय प्रमुख, सूचना अधिकारी एवं पत्रकारवीच भेटघाट कार्यक्रमको आयोजना गरी कार्यालहरुले सम्पादन गरेका कार्यहरुको बारेमा जानकारी गराउने र त्यस्को पुस्तिका बनाई पत्रकार महासंघलाई दिने परम्पराको थालनी गरिएको थियो त्यो अत्यन्तै उपलव्धिमुलक कार्य रहेको बताउदै भविष्यमा यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

निर्शेशक पौडेलले सुरुसुरुमा राष्ट्रसेवक कर्मचारीहरुलाई ड्रेसकोड, सेवाग्राहीले देख्ने गरी परिचय पत्र अनिर्वार्य लगाउनु पर्ने साथै सबै कार्यालयहरुमा सहायता कक्षको स्थपना, नागरिक बडापत्र, सेवाग्राहीलाई मुस्कान सहित (स्माईलिङ) सेवा दिने जुन अभियान प्रजिअज्यूले चलाउनु भयो त्यस्को दूरगामी प्रभाव परेको अनुभव उनले सुनाए । प्रजिअज्यूले कार्यालय सरसफाई, बृक्षारोपण जस्ता साना साना कुराहरुबाट प्रारम्भ गर्नु भएका सुधारका कार्यहरुले दश महिना भित्रैमा जुन प्रशंसायुक्त चर्चा बटुल्न सक्यो त्यो आफैमा सराहनीय रहेको निर्देशक पौडेलको भनाई थियो ।

निर्देशक पौडेलले केहि समय पहिले राष्ट्रिय सतर्कता केन्द्रले बागलुङमा गरेको सर्वेक्षण प्रतिवेदनको प्रशंग उठाउदै प्रतिवेदनले बागलुङ जिल्लालाई अब्बल जिल्लाको रुपमा पहिचान मिलेको बताए ।

सतर्कता केन्द्रले गरेको सवेँक्षणमा बागलुङ जिल्लाका कार्यालयहरुका सेवा प्रदायक कर्मचारीले तपाईलाईे कस्तो व्यवहार गर्छन् ? भन्ने प्रश्नमा ९५ प्रतिशतको जवाफ थियो शिष्ट एवं सम्मानजनक । त्यस्तै कार्यालयबाट सेवा प्रवाह कति छिटो हुन्छ ? भन्ने प्रश्नमा ९५ प्रतिशतले छिटो र छरितोरुपमा हुने बताएका थिए भने कार्यालयमा नियमानुसार लाग्ने दस्तुर भन्दा अरु अतिरिक्त दस्तुर लिईन्छ कि लिईन्न भन्ने प्रश्नमा ९६ प्रतिशतले अतिरिक्त दस्तुर नलिने बताएको केन्द्रको प्रतिवेदनमा उल्लेख हुनुले बागलुङ जिल्लाको पोजिशन निकै राम्रो देखिएको छ, जुन सबैलाई खुशीको विषय भएको निर्देशक पौडेलको भनाई थियो ।

सो अवसरमा रेडियो दिदी बहिनी कुस्मा पर्वतका अध्यक्ष कल्पना चापागाई, नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव राम थापा अबिरल र उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा संचारमाध्यमको तर्फबाट महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै रेडियो दिदी बहिनी पर्वतका अध्यक्ष संविधानसभा सदस्य कल्पना चापागाई, पत्रकारिताको माध्यमबाट जिल्लाको बिपद व्यवस्थापन, महिला हिँशा विरुद्ध सशक्त आवाज उठाएकोमा नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव राम थापा अबिरल, पत्रकार महासंघकी सल्लाहकार एवं रेडियो नेपालकी प्रतिनिधी कोपिला कंडेल, कालिका भगवती मन्दिरको व्यवस्थापनमा अमुल्य योगदान पुराएको भनी कालिका भगवती गुठीका अध्यक्ष राजु खड्का, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र ओशो अमृत ध्यान केन्द्रकी ज्योत्स्ना शाक्य तथा आवाज विहीनको आवाज बनेर भ्रष्टाचार बिरुद्ध निरन्तर कलम चलाएकोमा ईबागलुङ डटकम अनलाईन पत्रिकालाई प्रमुख जिल्ला अधिकारी खरेलले अबिर र खादा लगाएर सम्मानित गरेका थिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका नवागत प्रहरी उपरीक्षक कृष्णहरि शर्मा र ईलाका प्रशासन कार्यालय बुर्तिवाङका नवागत प्रमुख अमृत सुवेदीलाई अवीर र खादा ओढाई प्रजिअ खरेलले स्वागत गरेका थिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी खरेलको अध्यक्षता जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाको स्वागत मन्तब्य र प्रशासकीय अधिकृत धिरेन्द्र पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *