रोट-याक्ट सप्ताहको समापन : समाज रुपान्तरणका लागि युवा सचेत र संगठित हुनु आवश्यक-पौडेल

बागलुङ २०७५ चैत ५ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले समाज रुपान्तरणका लागि युवाहरु सचेत र संगठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नगरप्रमुख पौडेल रोट¥याक्ट सप्ताहको समापन कार्यक्रमको प्रमुख अतिथीको आसन बोल्दै यस्तो बताएका हुन् ।

उनले क्लवले सप्ताहको अवसरमा आयोजना गरेका कार्यक्रमले आम समुदायलाई सकरात्मक सन्देश प्रवाह गरेको समेत बताए ।

कार्यक्रममा रोटरी क्लव अफ बागलुङका अध्यक्ष बिना कार्की, बानपा ९ का वडा अध्यक्ष गणेश थापा र नेपाल पत्रकार महासंघका सचिव राम थापाले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

सामाजिक कार्यमा क्रियाशील रोट¥याक्ट क्लव अफ बागलुङले आज समापन कार्यक्रममा बागलुङका ४ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । क्लवको सिग्नेचर प्रोजेक्ट अन्तरगत जिल्लाका बिभिन्न बिद्यालयमा अध्यनरत ४ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई ५ हजारका दरले छात्रबृत्ति प्रदान गरेको हो । रोटा बर्ष २०१७÷०१८ बाट शुरु भएको प्रोजेक्ट अन्तरगत क्लवले यसबर्षको रोटा बर्ष २०१८÷०१९ मा पनि रोट¥याक्ट सप्ताहको अवसरमा ४ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई प्रमाणपत्र सहित नगद प्रदान गरेको हो ।

बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको रोट¥याक्ट सप्ताहको समापन समारोहमा छात्रबृत्ति प्रदान गरिएको क्लवका अध्यक्ष बलबहादुर थापाले जानकारी दिए ।

क्लवले यस बर्ष बानपा १४ स्थित गणेश सामुदायिक माविका बिद्यार्थी दीक्षा सुनार, काँठेखोला गाउँपालिका २ स्थित हरिकमल प्राविका बिद्यार्थी सरु बिक, बानपा ७ स्थित बिश्वकर्मा माविका बिद्यार्थी झपिन्द्र बिश्वकर्मा र बानपा ३ स्थित बिद्यामन्दिर माविका बिद्यार्थी अनिष श्रेष्ठलाई छात्रबृत्ति प्रदान गरेको हो ।

कार्यक्रममा सप्ताहको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रमका बिजयी बिद्यार्थी र बिद्यालयलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रम सफल पार्न सहयोग पु¥याउने सहयोगदाता तथा कार्यक्रम संयोजकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष थापाको अध्यक्षता, निवर्तमान अध्यक्ष नविन पन्तको स्वागत र मूल संयोजक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

क्ल्वले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि फागुन २९ गतेदेखि चैत ५ गते सम्म बिश्व रोट¥याक्ट सप्ताहको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम रोट¥याक्ट सप्ताह सम्पन्न गरेको मूल संयोजक शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.