महेन्द्र माबि नरेठाँटीमा ब्यवस्थापन समिति गठन !

प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस २२ । महेन्द्र माध्यमिक विद्यालय नरेठाटीमा आज अभिभावकहरूको भेलाले बुल बलबहादुर केसीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा ठग ब कार्की, माया पुन,कमला नेपाली, घनश्याम कुँवर र लक्ष्मी गैरेलाई सर्वसम्मत चयन गरेको छ ।

जिल्ला शिक्षा कार्यालय बागलुङका प्रतिनिधि बम बहादुर थापा र शिब माध्यमिक विद्यालय काडेबास स्रोत केन्द्रका स्रोतब्यक्ति दिनेश पन्तको बिशेष उपस्थितिमा समिति गठन गरिएको समाचारमा उल्लेख छ ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका निवर्तमान अध्यक्ष घनश्याम कुँवरको अध्यक्षता प्रधानाध्यापक शिव प्रसाद पाण्डेको स्वागत मन्तव्य र शिक्षक चन्द्रदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको शिक्षक बिष्णुप्रसाद गैरेले जानकारी दिए ।

यसैवीच राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक गरेकोमा गलकोट माद्यमिक बिद्यालयबाट प्राबिधिक धारका १२ जना उर्तिण भएका छन् ।

प्राविधिकतर्फ बोर्डले पहिलो पटक सार्वजनिक गरेको परीक्षाको नतिजामा अनुसार गलकोट माद्यमिक बिद्यालयबाट सहभागी २० जनामध्ये १२ जना बिद्यार्थी उर्तिण भएका छन । जसमध्ये ७ जनाले मौका परिक्षा दिन पाउनेछन, भने एक जना अनुर्तिण भएको बिद्यार्थी सागर खत्रीले बताए ।

नेपालभरबाट कूल २१ दशमलव ५३ प्रतिशत विद्यार्थी उतीर्ण भएका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । प्राविधिक एसएलसी उतीर्ण गरेर प्राविधिकतर्फ कक्षा ११ मा अध्ययन गरेर परीक्षामा सहभागि भएका २ हजार १ सय ७८ परीक्षार्थी मध्ये परीक्षामा ४ सय ६९ जना उतीर्ण भएका छन् । सरकारले नमूनामा रुपमा एक जिल्लामा एक प्राविधिक उमावि संचालन गर्ने उदेश्यले प्राविधिक एसएलसी उतीर्ण भएका विद्यार्थीलाई कक्षा ११ मा प्राविधिक विषय अध्ययन गर्ने अनुमति प्रदान गरी अनुदानसमेत वितरण गरेर कक्षा संचालन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.