होली सत्यमा आधारित छ,सभ्य तरिकाले मनाऔ !

कोपिला कंडेल

हामी प्रतेक बर्षको फागु पुर्णिमालाई रङ्गहरुको पर्व होली (फागु)को रुपमा मनाउने गर्दछौ । संस्कृति परम्परा र संस्कार धान्ने नाममा होस वा अरुको सिको गरेर पनि चाडपर्वहरु मान्नै पर्ने हाम्रो परम्परा छ । तर होली पर्व दशै तिहार लगायतका पर्व जस्तो महंङ्गो वा बाध्यात्मक र बोझिलो नभई स्वतस्फुर्त रुपमा मनाउने गरिन्छ । हामीले मनाउने बिभिन्न चाडपर्वहरुको धर्मिक वा सांस्कृतिक महत्व के छ भन्ने बारे प्रश्न गर्ने हो भने करिब पचास प्रतिशत अनभिज्ञ हुन्छन् । त्यसैगरी हामीले मनाउदै आएको होली पर्व सत्यमा आधारित छ । हाम्रो धार्मिक परम्परा अनुसार होली मनाउनुका बेग्ला बेग्लै कारण छन् ।

प्राचीन कालमा हिरण्यकश्यपु भन्ने एक राक्षस थिए जो अत्यन्त नास्तिक थिए । उनले आफ्ना सन्ततीहरु पनि नास्तीकनै बनुन भन्ने चाहन्थे । सोही अवसरमा उनले आफ्ना छोरा प्रल्हादलाई शिक्षा लिनका लागि गुरुकुलमा पठाए । तव उनका छोरा प्रल्हादले भने आफ्नो ईष्ट देवताको रुपमा भगवान बिष्णुको नाम लिन थाले र उनि बिष्णुका भक्त बने । त्यो कुरा हिरण्यकश्यपुलाई कदापी मन परेन । उनले प्रल्हादलाई बिष्णु भक्तबाट छुटाउनका लागि अनेक पटक आग्रह गरे तर बिष्णु भक्त प्रल्हादले बाबुको त्यो आग्रह कदापी मानेनन् । त्यसपछि हिरण्यकस्यपुले प्रल्हादलाई मार्ने सड्यन्त्र बनाए । उनले आफ्नी बहिनी होलिकालाई प्रयोग गरेर छोरा प्रल्हादलाई दन्कीरहेको अग्नीमा फ्याकी दिएर मार्न लगाए । दाजुको आज्ञा अनुसार होलीकाले प्रल्हादलाई काखमा लिएर अग्नीको छेउमा बसीन तर अग्निले प्रल्हादलाई मार्न खोजेकी होलीकालाई नष्ट गर्र्यो । भगवान बिष्णुको कृपाले प्रल्हादलाई अग्निले छुन सकेन । यसरी सत्यमा विश्वास गरेका प्रल्हाद बाचे तर असत्य कर्म गर्ने होलीका जलेर खरानी भईन । सो समयमा सत्यको बिजय भयो भनेर रंङ्गहरुको उत्सव गरी नाचगान गरेर होलीका नष्ट भएको खुसीयालीमा बिजयोत्सव मनाईयो । त्यसैगरी द्धापर युगमा देबकी र बासुदेवको पुत्रको रुपमा भगवान कृष्णले जन्म लिए । भगवान बिष्णुको जन्म भएपछि कृष्णका आफ्नै मामा कंशको आदेश अनुसार पुतना नामकी राक्षसनीले कृष्णलाई स्तनपान गराउने नाममा अठ्याएर मार्न खोज्दा बालक श्रीकृष्णले पुतनाको स्तनबाट सम्पुर्ण रगत चुसेर प्राण लिए । सो अवसरमा पनि पुतना नामकी राक्षसनी मरेको खुसीयालीमा एकआपसमा रङ्गहरु दलेर हर्षोल्लास मनाईयो । त्यसैले होली मनाउनका लागि उक्त दुई कारण मुख्य रहेको धार्मिक पुराणहरुमा उल्लेख छ ।

अतं हाम्रो धार्मिक मुल्य मान्यता अनुसार रङ्गहरुको पर्व होलीलाई सत्यमा आधारित पर्वको रुपमा लिन सकिन्छ । तर होली मनाउने नाममा हाम्रो समाजमा बिशेषगरी युवा पुस्तामा अनेकन बिकृति बिसंगती हरु देखा परेका छन् ।कसैको सहमति र ईच्छा बिपरित जवरजस्ती रङ्गहरु दलिदिने फोहोरपानि मिसाएर लोला हान्ने । गांजा भाङ्ग तथा मादक पदार्थ सेवन गरेर समाजमा भाडभैलो मच्चाउने लगायतका क्रियाकलाप युवापुस्तमा हावी हुदै गएका छन् । यसरी जाँडभाङ र लागुपदार्थको नसामा खेलिने होली आफु परिवार समाज सबैका लागि हानीकारक छ । त्यसैले यस्ता कुराहरुमा सजगता अपनाउन सकियो भने सम्भावित दुर्घटना बाट बच्न सकिन्छ ।

रङ्गहरुको पर्व होली हिमाल पडाड तराई सबैतिर मनाईन्छ । होली मनाउने सबैका आआफ्नै तरिकाहरु छन् । नेवारी समुदायले बिशेष गरी होलीलाई आफ्नै परम्परा अनुसार बिशेष तरिकाले मनाउने गरेको छ । तराई मधेस तिर एक दिन र पडाड तिर अर्को गरी दुईदिन होली मनाउने चलन रहेको छ । होली हाम्रो संस्कृतिमा आधारित रहेकाले धुमधामका साथ मनाउन सक्छौ । होलीलाई मर्यादित र सभ्य बनाउन प्रतेक बर्ष प्रहरी प्रशासनले केही नियम त बनाएको हुन्छ तर त्यसको प्रभावकारी कार्यान्वयन ब्याव्हारमा भने पाईदैन । हामी सभ्य र सालिन तरिकाले नाचगान गरेर एकआपसमा सुभकामना आदान प्रदान गरेर होली मनाउन सक्छौ । यसरी मनाएको होलीले एकआपसमा सद्भाव आत्मीयताको बिकास हुनुका साथै शारिरिक स्फुर्ती समेत बढ्छ । त्यसैले होलीलाई हाम्रो संस्कृति र परम्परा अनुसार सभ्य तरिकाले मनाउ । रङ्गहरुको पर्व होलीको सबैको जीवनमा खुसियाली छाओस । सबैलाई शुभकामना ब्यक्त गर्दछु ।
लेखिका सन्चारकर्मीहुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.