SEEको तयारी पूरा, ५,५२२ परीक्षार्थी मध्य छात्राको संख्या छात्र भन्दा २२८ बढी !
चैत १० गते सुरु हने एसईई परीक्षा मर्यादित, स्वच्छ र शान्तिपूर्वक सम्पन्न गर्न प्रजिअ खरेलेको आग्रह !

बागलुङ २०७५ चैत ५ । यहि चैत १० गते दखी सुरु हने २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को सम्पूर्ण तयारी पूरा भएको शिक्षा बिकास समन्वय ईकाई कार्यालयले जनाएको छ । यो वर्ष जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका ५ हजार ५ सय २२ जना परीक्षार्थीहरुले जिल्लाका ३१ परीक्षा केन्द्रहरुबाट परीक्षा दिदैछन । परीक्षार्थीहरुमा छात्र भन्दा छात्राको संख्या २ सय २८ ले बढी छ भन छात्र परीक्षार्थीको संख्या जम्मा २ हजार ६ सय ४७ रहेको कार्यालयले जनाएको छ ।

परीक्षा शान्तिपूर्वक व्यवस्थित र मर्यादित रुपमा सन्चालन गर्नकालागी शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको आयोजनामा आज ईकाईको कार्यालय कक्षमा केन्द्राध्यक्षहरुको लागि अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमूखीकरण कार्यक्रममा प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले परीक्षाको पूर्व तयारी, शान्ति सुरक्षा, गोपनियता, मर्यादित रुपमा परीक्षा सन्चालनमा केन्द्राध्यक्षहरुले निर्वाहगर्नु पर्ने भूमिकाका बारेमा बताएका थिए भने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले परीक्षामा शान्ति सुरक्षाको व्यवस्थामा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अभिमूखीकरण कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै ईकाई कार्यालयका प्रमुख कुस्मराज उपाध्यायले परीक्षापूर्व, परीक्षाको समय, परीक्षा पछी गर्ने कार्यहरु, अनुभवका आधारमा परीक्षा मर्यादिन र स्वच्छ बनाउनु पर्ने लगायतका विषयमा प्रकाश पारेका थिए ।

अभिमूखीकरण कार्यक्रमको सन्चालन ईकाईकी अधिकृत सरीता शर्माले गरेकी थिईन् । कार्यक्रममा सबै ३१ केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको ईकाईले जनाएको छ ।

परीक्षा केन्द्र तोकिएका बिद्यालयका अधिकांश प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष बनाईएको तर त्यस विद्यालयका परीक्षार्थीहरुलाई भने अर्को केन्द्रमा पारिएको ईकाई कार्यालय श्रोतले बतायो । जिल्ला भरका ३१ केन्द्रहरुमध्य दुई महिलालाई केन्द्राध्यक्षको जिम्मेवारी दिईएको छ जस्मा धारा माबि तंग्राम केन्द्रमा त्यसै बिद्यालयकी प्रअ कमला थापा र धवलागिरी वीरेन्द्र मावि रातामाटामा प्रअ बिमला गुरुङ रहेका छन् । सबभन्दा बढी ३९३ परीक्षार्थी बिद्यामन्दिर माबि बागलुङ बजार र सबभन्दा कम ६० जना परीक्षार्थीले धारा मावि तंग्रामबाट परीक्षा दिँदै छन् । जिल्लाका ४ नगर र ६ गाउँ पालिकामध्य तमानखोला र ताराखोला गाउपालिकामा कुनै केन्द्र तोकिएको देखिएन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.