प्रशंगवस : धौलाश्रीमा छापिएको पहिलो लघुकथा ‘अर्मल’ भित्रको कथा !

यो २०३४ साल भदौ महिनाको कुरा हो । सँधै जसो बिहान हाकिम साहेवहरुसंग चिया गफ चल्थ्यो । त्यस बिहान पनि जिल्ला न्यायाधीश नवदत्त ढुंगाना आउनु भयो । चियाको चुस्की सँगै गफ सुरु भयो ।

‘कर्मचारी सर्कलमा धौलाश्रीमा छापिएको लघुकथाको बारेमा निकै टीकाटिप्पणी भैरहेछ …’ भन्ने बाक्यबाट उहाँले कुराको थालनी गर्नु भो । ‘कस्तो टीकाटिप्पणी श्रीमान ?’ मैले सोँधे ।

‘…यस्तै निकै राम्रो छ, व्यंगात्मक छ …. …।’ उहाँको अपुरो बाक्य भित्र केहि छिपेको अनुभूति भयो र मैले थप जिज्ञासा राखेँ, ‘अरु नि भनौँ न श्रीमान ?’

‘यो लेख्ने को हो, कर्मचारी सर्कलबाटै लेखेको हुनपर्छ …’आदि आदि कुरा चलेको छ । उहाँले बाक्य पुरा गर्नु भयो ।

‘कर्मचारी सर्कल भनेपछी, श्रीमानको विचारमा कस्ले होला लेखेको ?’

‘खेमराज नेपाल (पंबिअ, जिल्ला पन्चायत) माथी शंका गरेकाछन साथीहरुले ।’
***
जिल्ला न्यायाधीश निवास तिर लाग्नु भएको १५/२० मिनेट पछी ‘बिदुर जी हुनुहुन्छ ?’ भन्दै नेपालजी (खेमराज) आउनु भयो । चिया पिउन सुरु नगर्दै प्रशंग कोट्याउनु भया, ‘धौलाश्रीको लघुकथाको चर्चा निकै चल्यो त बिदुर जी ।]

‘कस्तो चर्चा पंविअ ज्यू ?’

‘यो लघुकथा लेख्ने को हो ? भन्ने खुलदुली कार्यालय प्रमुखहरु सबैमा देखियो ।’

‘कस्ले लेखेको जस्तो लाग्छ हजुरलाई भनौँ न …..।’- मैले उहाँको बिचार जान्न खोजेँ, ‘जिल्ला न्यायाधीशज्यूले हो कि भन्ने जस्तो आशंका साथीहरुमा छ’ उहाँले भन्नु भयो ।
***
त्यस बखत प्रमुख जिल्ला अधिकारी जगन्नाथभक्त श्रेष्ठ हुनुहुन्थ्यो । अति मिलनसार, कसैलाई अन्याय नहोस भन्ने सोँचका धनी प्रशासक । प्रत्यक दिन कार्यालय समय पछी उहाँको कोठामा म पुग्थेँ । त्यहाँ नगए के के नै बिर्सियो झैँँ लाग्थ्यो । केहि समय मनोरन्जमा बिताउथ्यौँ । त्यस दिन म पुग्दा साथै ‘यता आउनुस त बिदुर जी’ भनेर आफु सुत्ने कोठामा लैजानु भयो ।

‘धौलाश्रीमा तपाईले लेखेको लघुकथा मैले पढेँ । मबाट केहि गलत काम हुन गयो र ? मलाई भन्नुस्, तपाई त मेरो अति निकट मित्र हो…।’

‘धम्जा हेल्थपोष्टमा कार्यरत हेल्थ असिस्टेन्टले आफु डेरागरी बस्ने गाउपन्चातका सचिवकी छोरीलाई दोजिया बनाएर भागेको प्रशंगमा लेखिएको हो प्रजिअज्यू ।’

‘अनि भन्नुस्् न …।’

अपराधबाट उम्कन हेल्थ असिस्टेन्टले आफुलाई दमौली सरुवा गराएर सरसामान कागजपत्र लिन आफ्ना नातेदारको घोँडा चढेर धम्जा पुगे । दोजिया युवती र उनका आमाबाबुलाई यो भाग्छ भन्ने शंका लाग्यो । फर्किएर आएर यिन्लाई लैजान्छु भन्दा युवती र उनका आमाबाबु नमानेपछी घोँडा त्यहि छोडेर उनी रातारात भागेपछी बाबुआमाले घोँडा लिएर कार्यालयमा उजुर गर्न आए । नीलकण्ठ सुब्बा साहेवले सीडीयो साहेब हुनुहुन्न पछी आउनुस भनेर फर्काई दिनु भयो । घोँडा लिएर बाबुआमा धम्जा फर्किए । यता घोँडा धनीलाई घोँडा चोरीको मुद्दा दर्ता गर्न लगाईयो ।

तपाई कार्यालयमा फर्किएपछी यसै कार्यालयको आदेशले घोँडा चोरेको अभियोगमा उनै व्यक्तिलाई प्रहरीले पक्राउ गरी ल्याएर ठेँड्कोमा राख्ने काम भयो । यसै विषयलाई लिएर लघुकथा लेखेको बताएपछी उहाँ निकै घोरिनु भयो र भन्नु भयो, ‘यस्तो पो रहेछ ….।’

तत्पश्चात धौलाश्रीमा लघुकथा स्तम्भले निरन्तरता पाएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *