स्वास्थ्य चौकी भवन निर्माण गर्न सुवेदीद्वारा रु २५ लाख मुल्यको जग्गा निशुल्क प्रदान !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत ४ । गल्कोट चमुवाका एक ब्यक्तिले २५ लाख बराबरको जग्गा निशुल्क स्वास्थ संस्थाको नाममा प्रदन गरेका छन् । गल्कोट नगरपालिका वडा नम्बर ४ का स्थानिय उमाकान्त सुवेदीले स्वास्थ चौकीको भवन निर्माणका लागी निशुल्क रुपमा रु २५ लाख बराबरको २ रोपनी जग्गा प्रदान गरेका हुन् । गल्कोट माद्यमिक बिद्यालयका शिक्षक समेत रहेका सुवेदीले आफना स्वर्गिय बुबा आमाको नाममा आफुले स्वास्थ संस्थालाई जग्गा उपलब्ध गराएको ईबागलुङलाई बताए ।

वडा नम्बर ४ को नुवाकोट खिरारुखमा पर्ने उक्त जग्गा प्राप्त भएपछि यसै बर्ष स्वास्थ्य चौकीको डिपिआर गरिने अध्यक्ष खत्रीको भनाई छ ।

वडा कार्यालयले जग्गा स्वास्थ संस्थाको नाममा पास गरेको छ । ‘नयाँ संरचना अनुसार गल्कोट नगरपालिका ४ मा स्वास्थ्य चौकी स्थापना भएको थिएन । साबिक हटिया गाबिसमा पर्ने ४ नम्बर वडा नयाँ संरचना स्थापना भएपछि छुटै वडा बनेको हो । स्थानियलाई सामान्य स्वास्थ्य समस्या पर्दा समेत वडा नम्बर ३ को हटिया स्वास्थ चौकीमा धाउनुपर्ने समस्या थियो । स्थानियको समस्यालाई ध्यानमा राखेर वडा अध्यक्ष खत्रीको पहलमा हटिया स्वास्थ चौकीको शाखाको रुपमा वडामा सामुदायीक स्वास्थ उपचार केन्द्र स्थापना गरिएको छ ।

चमुवाको बौर सामुदायीक भवनमा उपचार केन्द्र राखि गत भदौ महिनादेखि सेवा प्रदान गरिरहेको वडा सचिव हेम बहादुर अधिकारीले बताए । उपचार केन्द्र स्थापना भएपछि आवश्यक अनुसारको औषधी र कर्मचारी नहुदाँ स्थानियलाई भनेजस्तो उपचार पाउन समस्या भएको अध्यक्ष खत्रीको भनाई छ ।

जग्गा ब्यवस्थापन भएका कारण अब छिटै भवन निर्माण गरि अन्य स्वास्थ चौकिले जस्तै सेवा प्रवाह गरिने खत्रीले बताए । सामुदायिक स्वास्थ्य सेवा माध्यमले सबै नागरिकहरुलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुयाउने लक्ष्य गल्कोट नगरपालिकाले लिएको छ । स्थानीय तहले नागरिकमा स्वास्थ्य संस्थाको पहुँच कम भएपछि सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेर काम अगाडि बढाएर कर्मचारी व्यवस्था गर्न थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिका भित्रका सबै वडामा स्वास्थ्य पहुँच पुयाउन सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *