घुम्टे युवा परिवार मल्मको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेला सुरु !

गल्कोट २०७५ चैत ४ । गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कुनै पनि राजनैतिक नेतृत्वले जनताबाट मताधिकार प्राप्त गरेर सत्तामा पुगिसके पछि त्यो सत्ताको प्रयोग जनता अनि राष्ट्रको पक्ष र हितमा हुनुपर्ने बताएका छन् ।

सामाजिक संस्था घुम्टे युवा परिवार गल्कोट ७ मल्मको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको उदघाटन गर्दै नगर प्रमुख गैरेले यस्तो बताएका हुन् ।

घुम्टे युवा परिवारले सामाजिक क्षेत्रमा सकृय रहॅदै समाज रुपान्तरण र विकृति विसंगति न्यूनीकरणमा खेलेको भूमिकाको अन्य युवा क्लवहरुले अनुशरण गर्नु पर्नेमा बताउदै स्थापनाकाल देखि निरन्तर आफनो ईतिहास कायम गर्न सफल भएको भन्दै प्रशंसा समेत गरे । हो

ली मेलाको अवसरमा नगर प्रमुख गैरेले गल्कोट नगरपालिकाबाट विनियोजित रु ८ लाखको लागतमा निर्माण भएको घुम्टे युवा परिवारको नव निर्मित भवनको उदघाटन समेत गरेका थिए ।

मेलामा आयोजना गरिएको बृहत कृषि मेला प्रदर्शनी विभिन्न विधामा १८ जना कृषकलाई जिन्सी पुरस्कार प्रदान गरिएको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए ।

सो अवसरमा वडा नं ७ का अध्यक्ष तथा सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापा, वडा सदस्य तथा संस्थाका पुर्व अध्यक्ष लोक बहादुर थापा, वडा सदस्य मिना दर्जी, नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा संयन्त्र सदस्य हुम बहादुर बस्नेत, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष दल बहादुर थापा, जनहित कला केन्द्रका प्रमुख ज्ञान बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

मेलामा सम्पन्न भूपू भलिबलको उदघाटन खेलमा जनहित कला केन्द्रलाई पराजित गर्दै आयोजक घुम्टे युवा परिवार विजयी भएको छ ।

चैत ६ गतेसम्म सञ्चालन हुने होली मेलामा वडा स्तरिय पुरुष भलिबल, खुल्ला सामुहिक नृत्य, वडा स्तरिय पुरुष तथा महिला रस्साकसी सॅगै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले बताए ।
यसैगरी मेलामा जेष्ठ नागरिक अभिनन्दन, श्रष्ठा सम्मान, सफल युवा व्यावसायी सम्मान, भुपु खेलाडी सम्मान, समाजसेवी सम्मान, विपन्न परिवारलाई खाद्यान्न वितरण, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिने सदस्य भुमिराज थापाले जानकारी दिए ।

मेला घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता उपाध्यक्ष जीवन साहानीको स्वागत र सदस्य प्रदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *