बागलुङ जिल्लामा सबभन्दा बढी क्षयरोगीहरु बडीगाड र निसी गाउपालिकामा !

बागलुङ २०७५ चैत ३ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाको पश्चिम क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई क्षयरोग सम्बन्धी आधारभुत तालिम संचालन गरिएको छ ।

ढोरपाटन नगरपालिका, बडीगाड, निसीखोला र तमानखोला गाउँपालिका अन्तरगतका उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि लक्षित गरी तालिम संचालन गरिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

तालिममा १८ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तिन दिन सम्म संचालन हुने तालिम पश्चात पश्चिम क्षेत्रमा क्षयरोग पत्ता लगाउते दर अझै बढने विश्वास लिईएको छ ।

पश्चिम क्षेत्रमा क्षयरोगीको संख्या बढी भएको कारण यसको न्युनिकरणका र विरामीहरुलाई उपचार र अन्य व्यवस्थापनका लागि पनि तालिमले सहजता ल्याउने घिमिरेले बताए ।

संघियताको कार्यान्वयनले गर्दा क्षयरोगका कार्यक्रम स्थानिय तहमा गए पनि कार्यान्वयनमा कठिनाई पर्दा क्षयरोग पत्ता लगाउने दर र उपचारमा कठिन भएको कार्यालयले जनाएको छ । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरे, हेल्थ असिष्टेण्ट चुडामणी कंडेल, र ल्याब टेक्निसियन अनन्त न्यौपानेले गर्नेछन ।

बागलुङमा गत वर्षको तथ्याङक हेर्दा कुल १ सय ७९ जना क्षयरोगीहरु रहेको छन । ती मध्ये सवै भन्दा बढि पश्चिम बडीगाड र निसीखोलामा रहेको घिमिरेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.