स्व कंडेलको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न

बागलुङ २०७५ चैत ३ । नारायण माध्यामिक विद्यालय काठेखोला–४ तंग्रामका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गिय नरिश्वर कंडेलको १३ औं दिनको पुण्यतिथिमा आईतबार श्रद्धाजली सभा सम्पन्न भएको छ । कंडेलको आफ्नै निवासमा भएको श्रद्धान्जली सभामा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले शैक्षिक क्षेत्रको विकासका निम्ती स्वर्गिय कंडेलले खेलको भुमिका समाजले कहिलै नभुल्ने बताए । उनले यस क्षेत्रको समाजिक व्यक्तित्व गुमाउँदा सिंगो समाजको धरोहर नै ढलेजस्तो भएको र समाजनै शुन्य भएजस्तो महशुस भएको बताए ।

कार्यक्रममा प्रजातान्त्रिक सेनानी संघका केन्द्रिय सदस्य तिलक सापकोटा, काठेखोला गाउँपालिका–४ का वडा अध्यक्ष केशब बहादुर थापा, नारायण मावि तंग्रामका पुर्व प्रध्यानध्यापक नारायणदत्त कंडेल, भिमसेन माविका शिक्षक नारायण शर्मा कंडेल, परिवारका तर्फ बाट नाती अर्जुन कंडेल, लगायत स्वर्गिय कंडेलका हरेक सपना साकार पार्नका लागि परिवार र समाजले जोड दिनुपर्ने बताएका थिए ।

साही अवसरमा स्वगीय कंडेलका नाती अर्जुन कंडेलले नारायणी माविमा हजुरबाबाकोे स्मृतिमा परिवारको तर्फबाट अक्षयकोषको स्थापनाका लागि हाललाई २० हजार रुपैयाँ सहयोग गरेको र पछि पुन बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कंडेलको २०७५ फागुन २१ गते ९६ औं वर्षको उमेरमा मृत्यु भएको थियो । स्वर्गीय कंडेल नारायणमावि तंग्रामको स्थापना कालदेखी विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा खटदै आएका थिए । कार्यक्रममा पुर्व सांसद गोविन्द प्रसाद कंडेल, टंक प्रसाद कंडेल, स्थानिय समाजसेवी अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर थापाका अध्यक्षता र शिक्षक विष्णु बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.