रोट-याक्ट क्लव अफ बागलुङको आयोजनामा मैत्रीपूर्ण फुटसल सम्पन्न !

बागलुङ २०७५ चैत ३ । सामाजिक कार्यमा क्रियाशील रोट¥याक्ट क्लव अफ बागलुङले ७ दिवसीय कार्यक्रमका साथ संचालन गरेको रोट¥याक्ट सप्ताह अन्तरगत आज मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

बिश्व रोट¥याक्ट सप्ताहको अवसरमा रोट¥याक्ट क्लव अफ बागलुङले पनि बिभिन्न रचनात्मक कार्यक्रमका साथ शुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तरगतको पाँचौ दिन रोट¥याक्ट र रोटरी क्लवका बिच लागि मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको हो ।

खेलको अखिल नेपाल फुटवल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले उद्घाटन गर्दै स्वास्थ्यका लागि खेल अति आवश्यक भएकाले स्वस्थ्य जीवनका लागि निरन्तरण रुपमा खेल खेल्नु पर्ने बताए ।

खेलमा दुवै टिमको ७÷७ गोल बरावरी भएको कार्यक्रम संयोजक सौरभ केसीले जानकारी दिए । कार्यक्रम क्लवका अध्यक्ष बलबहादुर थापाको अध्यक्षता, मूल संयोजक ताराप्रसाद शर्माको स्वागत र संयोजक सौरभ केसीको संचालनमा सम्पन्न भएको थियो ।

क्लबले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बिश्व रोट¥याक्ट सप्ताहको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम सहित चैत ५ गतेसम्म संचालन गर्ने गरि रोट¥याक्ट सप्ताह शुरु गरेको क्लवका अध्यक्ष थापाले जानकारी दिए । सप्ताह अन्तरगत चैत ४ गते प्रशिद्ध धार्मिक स्थल पञ्चकोटमा पर्यटकिय बोर्ड व्यवस्थापन र चैत ५ गते सप्ताहको अन्तिम दिन छात्रबृत्ति, पुरस्कार बितरण सहित समापन समारोहको आयोजना गरिएको मूल संयोजक ताराप्रसाद शर्माले जानाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *