काठमाडौँमा बस्दै आएका दलित समुदायव्दारा तमानखोला दलित मञ्चकाे स्थापना !

प्रदीप बिश्वकर्मा गौतम, काठमाडौं २०७५ चैत ३ । तमानखोला दलित मञ्च काठमाण्डौं संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ। बागलुङ जिल्लाको तमानखोला घर भै हाल काठमाण्डौमा बस्दै आएका दलित समुदायले दलितलाई मध्यनजर गरि स्थापना गरिएको तमानखोला दलित मञ्च काठमाण्डौंको हिजो एक कार्यक्रम गरि संस्थाको स्थापना घोषणा गरिएको हो ।

साविकका तिन गाबिस बोगांदोभान, तमान र खुंखानीका दलितहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले आफ्नो लक्ष्य समुदायलाई शिक्षित र चेतनशील बनाई पारस्परिक सम्बन्ध स्थापना गर्ने रहेको बताएको छ ।

जसिन्द्र श्रीपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एघार ९११० सदस्यीय कार्य समिति रहनेगरी पदाधिकारी सदस्य रहने गरी चयन गरेको छ । अध्यक्ष जसिन्द्र श्रीपाली उपाअध्यक्ष मनकुमारी रसाईली, सचिव लवन श्रीपाली, सह सचिव लक्ष्मण रसाईली, कोषाअध्यक्ष सरिता श्रीपाली, सह कोषाध्यक्ष, कुमारी सेन्चुरी सदस्यहरुमा नरकुमार गोतामे ,जीत श्रीपाली , चन्द्र रसाईली , महेश सेन्चुरी , मिना गोतामे रहेका छन् ।

साथै सल्लाहकार थमकुमारी श्रीपाली ईन्द्रमान श्रीपाली टेक प्रसाद श्रीपाली श्याम श्रीपाली नबिन रसाईली अमर रसाईली रहेका छन ।

कार्यक्रममा बोल्दै नब गठित समितिका सदस्यहरुले आफुहरु समाज र समुदायको हितमा सधै काम गर्न तत्पर रहने प्रतिवद्धता जनाउदै संस्था स्थापना भएकोमा खुशी ब्यक्त गरेका छन् ।

नव गठित संथाका अध्यक्ष श्रीपालीले आफुलाई अध्यक्ष चयन गरेकोमा खुशी ब्यक्त गर्दै ठुलो जिम्मेवारी थपिएको र समुदाय प्रति आफु अझै चिन्तित भएको बताएका छन् । साथै सोहि कार्यक्रममा जमुना हर्मेलको बिशेष साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *