अवैध हातहतियार तोकिएको समयमा बुझाउन प्रशासनको आग्रह, नबुझाउनेलाई कानुनी कार्बाही गरिने !

कोपिला कँडेल, बागलुङ २०७५ चैत ३ । जिल्ला प्रशासन कार्यालय बागलुङले अबैधरुपमा राखिएका हातहतियार तोकिएको समयमा सम्बन्धित निकायमा बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आईतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष बेदप्रसाद खरेलले नेपाल राज्य भित्र कोहि कसैले अवैध हातहतियार तथा खरखजना राखेको छ भने चैत १ गतेको मितिले ३५ दिन भित्र नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको व्यारेकमा अनिर्वायरुपमा बुझाउनु पर्ने बताएका हुन् ।

प्रजिअ खरेलले नेपाल सरकार मन्त्रीपरिषदको फागुन २८ गतेको निर्णयानुसार यसरी हातहतियार खरखजना बुझाउन ल्याएमा यस अघी ती हातहतियार खरखजना राखेको कारणले मात्र त्यस्ता व्यक्तिलाई तत्सम्वन्धी कुने कानूनी कार्वाही नचलाईने जानकारी समेत प्रजिअ खरेलले दिए ।

सो कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरी शर्माले इजाजत प्राप्त नगरी आफुसंग रहेका हातहतियार खरखजना तोकिएको अवधि भित्र स्वेच्छाले नबुझाएमा सम्बन्धीत ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही हुने बताए । प्रहरी उपरीक्षक शर्माले तोकिएको मिति भित्र बुझाउन नआएमा हातहतियार तथा खरखजना ऐन अन्तगीत ५० हजार रुपया जरिवाना सहित ५ बर्षको जेल सजाय हुने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङले आज एक प्रेस विज्ञप्ती जारी गर्दै कानून बमोजिम लिनुपर्ने ईजाजत नलिई वा ईजाजतपत्र नवीकरण नगराई वा ईजाजत प्राप्त व्यक्तिका मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै कारणले नेपाल राज्य भित्र कोहि कसैले अवैध हातहतियार खरखजाना राखेको भए चैत १ गतेको मितिले ३५ दिन भित्र बुझाउन ल्याउनु पर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तीमा तोकिएको समयमा अवैध हातहतियार खरखजाना अनिर्वार्य रुपमा बुझाउन जिल्ला सुरक्षा समिति, बागलुङले जिल्लावासीहरुमा जानकारी गराउदै हातहतियार खरखजाना तोकिएको अवधिभित्र स्वैच्छाले नबुझाएमा त्यस्ता व्यक्तिलाई प्रचलित कानून बमोजिम कार्बाही गरिने उल्लेख गरिएको छ ।

सो कार्यक्रममा रेडियो नेपालकी कोपिला कँडेल नेपाल टेलिभिजनका किरण आचार्य, धौलागिरी टेलिभिजनकी जेनिशा नायर क्षेत्री, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्दै कुमार श्रेष्ठ लगायत जिज्ञासाहरु राखेका थिए । पत्रकारहरुका जिज्ञासाहरुमा सुरक्षा निकायका प्रमुखहरुले जवाफ दिएका थिए ।

प्रजिअ एवं जिल्लाा सुरक्षा समितिका अध्यक्ष खरेले अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक शर्मा, अर्जुनवाण गणका सेनानी राजकुमार महत, सशस्त्र प्रहरी बल चण्डिका पर्वतका सप्रनाउ मोहन न्यौपाने राष्टिय अनुसन्धान बागलुङ का कृष्ण देवकोटा, ढोरपाटन शिकार आरक्ष कार्यालय प्रमुख सरस्वती सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सूचना अधिकारी धिरेन्द्र पन्तले सन्चालन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा करीव १२५ हात हतियार नवीकरण गरिएको सूचनाधिकारी पन्तले जानकारी दिए ।

तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.