गल्कोट नगरपालिकाको वडा नं ४ लाई नमुना वडा बनाउने दौडमा अध्यक्ष खत्री

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत ३ । गल्कोट नगरपालिका वडानम्बर ४ ले आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न २० वटा योजना सम्पन्न गरेको जनाएको छ । ती योजनाका लागि ३३ लाख बढि रकम विनियोजित गरिएको थियो । वडा भित्रका बाकिँ २५ योजनाको समेत करिब ८० प्रतिशत कार्य सम्पन्न भएको वडा अध्यक्ष बल बहादुर खत्रीले बताए ।

वडा अध्यक्ष खत्रीले अधिकांश वडाका साना योजनाहरु सम्पन्न भएको जानकारी दिए,जसमा २ लाख ५० हजारको काउले बाझाखेत सिचाई कुलो, १ लाखको डाडाँखेत सिचाई कुलो, ३ लाखको डाडाँखेत रातोपुल तटबन्धन, १ लाख ५० हजारको पैयाँरुख सिचाई योजना, १ लाखको खिरारुख सिचाई योजना, ३ लाखको सुवेदी टोल सिचाई योजना, १ लाख ५० हजारको तल्लो रुमटा सिचाई योजना, ३ लाखको गौदरा देखि निलुवा मोटरबाटोको ट्याक्क , ३ लाखको खरुवा टोलमा जोखिम ब्यवस्थापन तथा घुम्टी मर्मत, २ लाख ६० हजारको चमुवा खोला देखि पत्थरे सम्मको मोटरबाटोको मर्मत, १ लाखको खरुवामा आलु खेति प्याकेज योजना, १ लाखको चमुवामा असुन खेति, १ लाख ६० हजारको बाख्रा खरिद, १ लाख लाखको वडा भित्रका सम्पुर्ण सामुदायीक बिद्यालयमा बिद्युतिय हाजिरी मेसिन जडान, १ लाख ५० हजारको कालिका प्राथमिक बिद्यालयमा तटबन्धन, १ लाख ५० हजारको भुमे प्राथमिक बिद्यालयमा तारबार तथा कोठा मर्मत, २ लाख ५० हजारको वडा भित्रका घरका छाना बिस्तापन अभियान लगायतका योजना सम्पन्न भएको अध्यक्ष खत्रीको भनाई छ ।

सडक मर्मत, कल्भर्ट निर्माण, कृषि तथा सिञ्चाई, विद्युतीकरण, विपत व्यवस्थापन नियन्त्रणलगायतका विकास निर्माणका काम लागत सहभागितामा सम्पन्न भएको उनको भनाई छ ।

साना योजना बाहेक अन्य ठुला योजनाको समेत करिब ८० प्रतिशत काम सम्पन्न भएको वडा सचिव हेम बहादुर अधिकारीले बताए । आफ्नो वडालाई नमुना वडा बनाउने योजना अनुसार प्रत्येक योजनालाई पारदर्शी, गुणस्तर र तिब्र पारिएको अध्यक्ष खत्रीको भनाई छ ।

वडाको आफनै भवन नहुदाँ बिभिन्न समस्याका बाबजुत पनि जनतालाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको सचिव अधिकारीले बताए ।

अध्यक्ष खत्रीले वडाको सुरक्षा ब्यवस्थापनका लागी स्थानिय सुरक्षा संयन्त्रसंग पनि छलफल गरेर सुरक्षा ब्यवस्थामा कुनै कमि आउन नदिनका लागी सुरक्षा ब्यवस्थापन गर्न आग्रह गरेका छन् । वडामा आफुले सामाुदायिक स्वास्थ्य क्लिनीक खोलेर त्यस क्षेत्रका नागरीक हरुलाई स्वास्थ्य सेवाको पहुचमा ल्याएको समेत खत्रीको भनाई छ । वडा भित्रका प्रत्येक टोल टोलमा टयाक्सी पुग्ने मोटरबाटो बनेका छन भने वडा भित्र अहिले काठका पोल समेत देख्न नपाईने बनाएको अध्यक्ष खत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *