घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको अध्यक्षमा प्रकाश पुन

सुरेश छन्त्याल, गल्कोट (पाण्डबखानी) २०७५ चैत ३ । घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गल्कोट नगरपालिका १० पाण्डबखानी बागलुङको चौँथो अधिवेशन शनिवार सम्पन्न भएको छ। क्लबका अध्यक्ष रामप्रसाद वि।क को अध्यक्षतामा बसेको अधिवेशनमा नयाँ कार्य समिति गठन भएको छ । जसमा अध्यक्ष प्रकाश पुन, उपाध्यक्ष गंगा काउचा, सचिव दिप घर्ती, सहसचिव सुरेश छन्त्याल, कोषध्यक्ष मन कुमारी श्रीस, सदस्यहरुमा हरि काउचा, ज्ञानु सुनार, हर्क सुनार, युवराज शाही, गंगा श्रीस, कृष्णा वि।क, खिम काउचा लगाएत १७ जना रहेका छन्।

साथमा नयाँ समितिलाई आशा श्रीस, रामप्रसाद वि।क, हिमाल पुन लगाएतले कार्यकालको सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
नयाँ कार्य समिति गठन गर्न निर्णायक मंडलको भुमिका गिरिप्रसाद घर्तिले निर्वाह गरेका थिए।

कार्यक्रममा क्लबको आर्थिक आय व्यय पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको संञ्चालन दीप घर्तीले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.