ब्राह्मण समुदायको संगठन कमजोर हुनाले हिन्दुत्व माथि बाह्य शक्तिको हस्तक्षेप बढ्यो- ऋषि प्रपन्नाचार्य

कोपिला कंडेल, बागलुङ २०७५ चैत ३ । ब्राह्मण समाज नेपाल जिल्ला कार्य समिति बागलुङको प्रथम साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन श्रीरंङ्ग बैकंटेश्वर मुक्तिनारायण मन्दिर कुँडुले फेदीका उत्तराधीकारी स्वामी ऋषि प्रपन्नाचार्यले गरेका थिए । सो अवसरमा बोल्दै स्वामी ऋषि प्रपन्नाचार्यले धर्म संस्कृतिको रक्षाको लागि ब्राह्मण समाजले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।

गरिबी र अभावका कारण केही ब्यक्ति धर्म परिवर्तनमा फस्ने गरेको भन्दै स्वामी प्रपन्नाचार्यले स्वधर्म संस्कृति बारे युवा पुस्तालाई सचेत गराउनुपर्नेमा जोड दिए । अन्य समुदायमा जस्तो ब्राह्मण समुदायमा एकता कायम हुन नसकेको उल्लेख गदर्दै ब्राह्मण समुदायको संगठन कमजोर रहेकाले बाह्य शक्तिले हिन्दुत्व माथि हस्तक्षेप गर्न खोजेको खुलासा गरे ।

त्यसैगरी ब्राह्मण समाजका केन्द्रिय प्रतिनिधी जगन्नाथ आचार्यले हिन्दुत्व समाप्त पार्नका लागि पश्चिीमेली मुलुकले नेपालमा अर्बौ लगानी गरेको आरोप लगाए । उनले बाह्य हस्तक्षेप रोक्नका लागि ब्राह्मण समुदाय सचेत रहनुपर्नेमा जोड दिए ।

त्यसैगरी ब्राह्मण समाज बिहुंका सचिव श्रीप्रसाद न्यौपानेले धर्म संस्कृति र परम्पराको रक्षा गर्दै ब्राह्मण समुदायले आफ्नो संगठन मजबुद बनाउनुपर्ने बताए ।

सो अवसरमा समितिका सचिव मधुसुधन रेग्मीले प्रगति र कोषाध्यक्ष पदमपाणी आचार्यले आर्थिक प्रतिबेदन प्रस्त्ुत गरेका थिए ।

अधिवेशनले ङइन्द्र सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वा्चित गरेको छ । समितिको उपाध्यक्षमा पदमपाणि शर्मा आचार्य, सचिवमा ताराप्रसाद गौतम, कोषाध्यक्षमा सन्तोष शर्मा र सहसचिवमा उषा पौडेल निर्वा्चित भएका छन् । सदस्यहरुमा हरिप्रसाद गौतम, शान्ति ज्ञवाली, भिमकुमारी आचार्य, गंगाप्रसाद कंडेल, गौरीशंकर सुबेदी, श्रीप्रसाद न्यौपाने, कुमार पौडेल, कोपिलामणि शर्मा, बालकृष्ण शर्मा र चुडामणि आचार्य रहेका छन् ।

कार्यक्रम ब्राह््मण समाज बागलुङका अध्यक्ष एबं बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माको अध्यक्षता, उपाध्यक्ष गुरुदक्त पाठकको स्वागत मन्तब्य र सचिव मधुसुधन रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.