फलेवासमा संचालित स्वास्थ्य शिविर सम्पन्न १७ सय ६६ जनाको स्वास्थ्य उपचार !

सुनिता शर्मा, पर्वत, २०७५ चैत ३ । पर्वतको फलेवास नगरपालिका ५ खानिगाउमा संचालित बृहत स्वास्थ्य शिविरमा १७ सय ६६ जनाले स्वास्थ्य उपचार गराएका छन् ।

फलेवास नगरपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा फलेवास ५ खानिगाउंको भवानी बिधापीठ माबि र धुलिखेल सामुदायिक अस्पताल फलेवास शाखा गरि दुई ठाउँवाट स्वास्थ्य उपचार सेवा प्रदान गरिएको थियो । बृहत स्वास्थ शिविरमा सवै भन्दा धेरै हाडजोर्निका विरामीहरुले स्वस्थय उपचार गराएका छन त्यस्तै मुटुरोग, जनरल मेडिसिन, स्त्रिरोग, बालरोग,नाक कान घाँटी लगाएतका समस्या भएका विरामीहरुलाई स्वस्थ्य उपचार प्रदान गरिएको फलेवास नगरपालिकाले जनाएको छ ।

नि:शुल्क स्वास्थय शिविरमा स्वास्थ्य सेवा लिनको लागि फलेवास नगरपालिकाका ११ वटै वडा सहित कुस्मा नगरपालिका र बागलुङका जैमिनी तथा बागलुङ नगरपालिकाका नागरीकले समेत स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रध्यापक डा श्याम रेग्मी सहित ३५ जना डाक्टरहरुले स्वस्थय सेवा दिएका थिए ।

शुक्रवार र शनिवार गरि दुई दिन सम्म संचालित स्वस्थय शिविरको शनिवार समापन गर्दै फलेवास नगरपालिकाका नगरपमुख पदमपाणि शर्माले फलेवास नगरपलिकाले नागरीकको स्वास्थय प्रति सचेत बन्दै नगरपलिकामा विशेषज्ञ डा। सहितको स्तरिय अस्पताल निमार्णको लागि पहल गरीरहेको बताए । नगरपालिकाको सम्बृद्धि र विकासको लागि नागरीक सवल बन्नु पर्ने भन्दै शर्माले त्यसको लागि नागरीकलाई स्वस्थय राखनु आफ्नो कर्तव्य रहेकाले निशुल्क स्वाथ्य शिविरको आयोजना गरिएको बताए। कार्यक्रममा शर्माले नगरपालिकामा राम्रो खालको अस्पताल निमार्ण नहुदा सम्म आगामि दिनमा पनि यस्तै शिविरहरु संचालन गर्दै जाने बताए । आर्थिक अभावमा जटिल रोगको उपचार गराउन नसकेका बिरामीहरुलाई आफ्नै घरदैलोमा शिविरबाट लाभ मिलेको उनले बताए ।

त्यस्तै कार्यक्रममा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रध्यापक डा। श्याम रेग्मीले आफुहरुले संचालन गरेका ९२ वटा स्वस्थय शिविर मध्ये फलेवासमा संचालित शिवरमा सवै भन्दै धेरै सहभागिता सगैँ उत्कृष्ट रुपमा सम्पन्न भएको बताए । त्यस्तै उनले आगामि दिनमा पनि नगरपालिका सगँ सहकार्य गर्ने बताए ।

समापन कार्यक्रममा प्रध्यापक डा दयाराम लम्साल, प्रा डा भारती रेग्मी लगाएतले बोलेका थिए ।

शिविर समापन समारोहमा फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिराम सापकोटाले धन्यवाद व्यक्त गरेका थिए भने संचालन योजना व्यवस्थापक देवि प्रसाद तिमल्सिनाले गरेका फलेवास स्वास्थ्य शाखा संयोजक बिजय क्षेत्रीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *