रोट्याक क्लवकाे बार्षिकोत्सव : ६ दिनमा सात कार्यक्रमकाे आयाेजना गरी सम्पन्न !

शीला पाण्डे, पर्वत २०७५ चैत ३ । रोट्याक क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा ६ दिनमा ७ कार्यक्रम गरि मनाएको छ । यहि फागुन २७ गते देखि शुरू भएको सप्ताहव्यापी कार्यक्रम शिनवार सम्पन्न भएको हो । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन तथा सम्मान कार्यक्रम गरेको थियो । पत्रकार सन्तोष थापा र विशन क्षत्रीलाई सम्मान गरेको हो । दोस्रो दिन फागुन २८गते बिरेन्द्र माबि पकुवामा शैक्षिक सामाग्री हस्तान्तरण , फागुन २९ गते, रोट्याक सेलिब्रेसन चैत १ गते ट्राफिक सचेतना कार्यक्रम र वित्तीय साक्षरता कार्यक्रम र शिनवार चैत २ गते सरसफाइ तथा समापन कार्यक्रम गरि सप्ताहव्यापि कार्यक्रम सम्पन्न गरेको हो ।

समापन कार्यक्रमको प्रमुख अथिति नेष्टो नेपालका सस्थापक अध्यक्ष बिश्व प्रकाश प्रसाइले यस कल्बले आफ्नो लागि भन्दा पनि समाजमा सकारात्मक प्रभाब पार्नु पर्नेमा जोड दिए भने निष्क्रिय मान्छे भन्दा काम गर्ने मान्छेको आबश्यकता कल्बलाइ रहेको पनि जनाए । कल्बलाइ अगाडी मार्गनिर्देशन गर्नमा आफू सधै तयार रहेको बताउदै केही आर्थिक सहयोगको घोषणा समेत गरे।

उक्त कार्यक्रममा कल्बका पुर्व अध्यक्ष केदारनाथ आचार्य , रोट्ररियन गोपि अधिकारी लगायत बोलेका थिए भने अर्जुन पुरीको स्वागत मन्तव्य तथा संयोजकत्वमा भएको कार्यक्रम पत्रकार शीला पाण्डेलाई सम्मानपत्रले सम्मान गरेको छ ।

सप्ताहव्यापि कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गरेको भन्दै कल्बले पाण्डेलाई सम्मान गरेको हो । क्लबका अध्यक्ष गणेश पौडेल टुआरजीको अध्यक्षतामा भएको कार्यक्रममा सप्ताहाब्यापि कार्यक्रमको प्रकाश मुल संयोजक मिना खड्काले गरेकी थिइन् भने कार्यक्रमको सन्चालन संचालन सचिव शिव आचार्यले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *