बिहुँ रगेनीमा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल सवार दुईजना गम्भीर घाईते !

भरत सापकोटा, बिहुँ (बागलुङ) २०७५ चैत २ । गल्कोट हटियाबाट बागलुङ आउदै गरेको जीप र बिहुँबाट हटिया जाँदै गरेको मोटर साईकल एकापसका ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना गम्भीर घाईते भएका छन् ।

गल्कोट हटियाबाट बागलुङ सदरमुकाम तर्फ आईरहेको ना १ ज १२८६ नंवरको जीप र बिहुँ देखी हटिया तर्फ गैरहेको ध १ प २०५८को मोटरसाईकल काठेखोला(५ रगेनीमा बिहान ९.३५ बजेको समयमा ठक्कर खाँदा मोटरसाईकलमा सवार काठेखोला ५ का कृष्ण विक र नारायण विक गम्भीर घाईते भएको बिहुँ प्रहरी चौकी ईन्चार्ज प्रसनि गजेन्द्र बहादुर थापाले जानकारी दिए ।

जीप र जीप चालक कमल सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते दुई जनालाई उपचारका लागी धौलागिरी अन्चल अस्पताल पठाईएका प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई थप उपचारका लागी पोखरा रिफर गरिएको धौलागिरी अन्चल अस्पतालले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *