शिलान्यास भैसकेको योजना पुन: शिलान्यास गर्ने दौडमा सांसद गिरी पनि !

पर्वत, २०७५ चैत २ । बागलुङ नगरपालिका – ४ उपल्लाचौर दावागरामा बाह्र वर्ष पहिले बागलुङ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको निर्माणाधीन दावागरा बसपार्कको २०७५ फागुन १४ गते संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पुुन: शिलान्यास गरेको घटना सेलाउन नपाउदै पर्वतका प्रतिनिधी सभा सदस्य पदम गिरीले केहि वर्ष पहिले नेपाली कांग्रेसका नेता नवराज गुरुङले शिलान्यास गरेको त्यहि कुस्मा बजार (दुर्लुङ चोक) देखी दुर्लुङ सम्मको सडक कालोपत्रे गर्ने योजनाको हिँजो चैत १ गते पुन:शिलान्यास गरेको घटनाले पर्वत जिल्लामा निकै चर्चा पाएको छ ।

बागलुङ नगरपालिका-४ उपल्लाचौर स्थित निर्माणाधीन दावागरा बसपार्कको पुन शिलान्यास गर्न आमन्त्रित गरिएका संघीय मन्त्रीलाई पहिले शिलान्यास भैसकेको आयोजक बागलुङ नगरपालिकाले जानकारी नदिईएको हुन सक्छ तर पर्वत कुस्मा बजार दुर्लुङ सडकको यस अघिनै शिलान्यास भएको सांसद गिरीलाई त पक्कै जानकारी थियो, तैपनि उनि किन पुन: शिलान्यास गर्न तम्सिए ? पर्वतवासीले यसलाई कम्युनिष्ट पोलिटिक्स भन्दै तीखो टिप्पणी गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.