फलेवासमा नि:शुल्क स्वास्थ शिविर सुरु : पहिलो दिन ९५० जनाको स्वास्थ्य परीक्षण !

शीला पाण्डे ,पर्वत २०७५ चैत १ । फलेवास नगरपालिकाको आयोजना तथा चितवन मिडिकल कलेज भरतपुरको प्राबिधिक सहयोगमा दुई दिने नि:शुल्क स्वास्थ शिविर आजबाट भवानी बिध्यापीठ खानिगाउ पर्वतमा सन्चालन भएको छ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले उक्त शिविर सम्पन्न गर्नमा सम्पुर्ण नगरवासीको साथ र सहयोग रहेको बताउदै आफ्ना समस्या समाधान गर्नमा आफै अगाडि बढनु पर्ने बताए ।

उक्त शिविरमा चितवन मेडिकल कलेजका बरिष्ठ प्राध्यापक मुटु रोग बिशेषज्ञ डाक्टर श्याम रेग्मी सहितको ३३ जनाको टोलीबाट स्वास्थ परिक्षण भैरहेको छ। शिविरमा मुटु रोग, जनरल मिडिसेन, जनरल सर्जरी ,स्त्री तथा प्रसुती, हाड जोर्नी तथा नशा रोग,नाक कान तथा घाँटी , बालरोग, दन्तरोग परिक्षण भैरहेको छ।

बिरामीको स्वास्थ अबस्था अनुसार एक्सरे, इ।सि।जि।सेवाको समेत ब्यबस्थापन गरिएको छ भने उक्त शिविरमा नगरपालिकाका ११वटै वडाका वडा अध्यक्ष तथा सबै वडाका स्वास्थ चौकीबाट दुई दुई जनाको दरले स्वास्थकर्मी परिचालन गरिएको र नगरपालिकाका सम्पूर्ण शाखाका कर्मचारी तथा बाल क्लब, युवा क्लब,तथा अन्य स्वयंसेवक परिचालन गरि सेवा प्रदान गरिएको फलेवास नगरपालिकाका स्वास्थ शाखाका संयोजक बिजय क्षेत्रीले जानाकारी दिए । उक्त शिविरमा आज पहिलो दिन ९५० जनाले स्वास्थ परिक्षण गरेका छन् भने सबै भन्दा धेरै बिरामी हाडजोर्नी ,मुटु तथा जनरल मिडिसिन भएको र पुरुषको भन्दा महिलाको संख्या धेरै भएको जनाइएको छ।

आर्थिक अभावका कारण अस्पतालको पहुँचमा पुग्न नसकेका बिरामीहरुको समस्या समाधान गर्नका लागि आयोजना गरिएको शिविरमा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सेवा प्रदान गरिने फलेवास नगरपालिकाले जनाएको छ। चैत १ गते सन्चालन गरिएको शिविर भोलि चैत २ गते सम्म सन्चालन गरिने नगरपालिकाका प्रबक्ता टिकाराम गौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *