रत्नलक्ष्मी मावि रिघाका प्रधानाध्यापक दामोदर शर्मालाई भावपूर्ण बिदाई !

मित्र खरेल, गल्कोट २०७५ चैत १ । गल्कोट नगरपालिका ११ रिघा स्थित रत्नलक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक दामोदर शर्मालाई आज एक कार्यक्रमका वीच बिदाई गरिएको छ । उनी २०४२ सालमा निमावि शिक्षकमा स्थायी नियुक्ती लिएर सेवामा प्रवेश गरेका थिए । निवर्तमान प्रअ शर्मा २०६३ सालमा मावि तहमा स्थायी भएर विद्यालयको प्रधानाध्यापक बनेका हुन् । उनले नेपाली विषयमा एमए, बीएड उत्तीर्ण गरेका शर्माले विद्यालयमा ३३ वर्ष सेवा गरेका छन् ।

बिदाई कार्यक्रम प्रमुख अतिथी गल्कोट नगरपालिका ११ का अध्यक्ष डम्मर श्रीसले प्रधानाध्यापक पदमा रहेर विद्यालयको उन्नतिमा शर्माले पुराएको योगखनका प्रशंसा गर्दै नवनियुक्त प्रधानाध्यापक तुलबहादुर श्रीसको स्वागत गर्दै बिद्यालयको प्रगतिमा उल्लेख्य योगदान दिने विश्वास व्यक्त गरे ।

सो अवसरमा बिदाई भएर जान लागेका प्रअ शर्माले पदमा नरहेपनि विद्यालयको उत्तरोत्तर प्रगति सदैव लाग्ने बताए ।

बिदाई कार्यक्रममा विद्यार्थीहरु देवबहादुर विक र दीपा विक तथा शिक्षकहरु नारायण पौडेल र यमुना खरेल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार शंकरप्रसाद पुन, व्यवस्थापन समितिका सदस्य आशा राना तथा नवनियुक्त प्रधानाध्यापक तुलबहादुर श्रीसले बिदाई मन्तव्य दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर पुनको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा सहायक प्रधानाध्यापक चक्रपाणी खरेलले स्वागत मन्तव्य राखेका थिए भने सन्चालन शिक्षक देवी विकका रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *