वर्तमान राजनीतिक घटनाक्रम बारे स्वबियुको छलफल !

कोपिला कंडेल बागलुङ २०७५ चैत १ । स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसव्दारा स्थापित अडिबेटिङ्ग क्लबले वर्तमान राजनीतिक घटनाबारे बहस कार्यक्रम सम्पन्न गरेको छ ।

पाक्षिक रुपमा संचालन हुने कार्यक्रम अन्र्तगत सिके राउत र सरकार बिच भएको सम्झौता, बिप्लव नेकपालाई लगाएको प्रतिबन्ध र नागरिकता बिधयक लगायतका बिषयमा बहस गरिएको स्वबियु सभापति मनिस थापाले जानकारी दिए । क्

याम्पसका प्रध्यापक कर्मचारी बिद्यार्थी कानुन ब्यवसायी र पत्रकार लगायतका सरोकारवाला बिच भएको छलफल तथा बहसले पछिल्लो राजनीतिक घटना प्रति चिन्ता ब्यक्त गरिएको छ । कार्यक्रमका सहभागिले सरकारको यस्तो क्रियाकलापले मुलुकमा राजनितिक दुर्घटना निम्त्याउने निष्कर्ष निकाल्दै बौद्धिक तथा युवा बिद्यार्थी जगत एक भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका डा. दीन बहादुर थापा, सहयक क्याम्पस प्रमुख तिलक प्रसाद कंडेल, हरि प्रसाद पाण्डे अधिबक्ता तथा अधिकारकर्मी तेजेन्द्र बहादुर थापा, नेपाल बिद्यार्थी सघंका सहमहामन्त्री हरिहर शर्मा त्रि.वि प्रजातन्त्रबादी कर्मचारी सघंका केन्द्रिय सदस्य शिवराज पन्त नेबि सघंका अध्यक्ष खडक थापा अखिल नेपाल युवक सघंका प्रदेश सचिव संजाल शर्मा नेबि सघं ईकाई अध्यक्ष दिनेश पन्त, उपाध्यक्ष आरसी गौतम बिशेष पराजुली लगायतले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रम स्वबियु अध्यक्ष थापाको अध्यक्षता र सचिव विष्णुराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *