विकास निर्माणका कुरामा कसैले जुँगाको लडाई गर्न हुँदैन- सांसद गिरी

निर्मल पौडेल पर्वत २०७५ चैत १ । प्रतिनिधि सभा सदस्य पदम गिरीले आँफुले चुनावमा गरेका वाचाहरु अव एक पछि अर्को गरी पुरा हुँदै जाने वताएका छन् । शुक्रवार कुस्मा दुर्लुङ हुँदै क्याङ जोड्ने सडक कालोपत्रेको कुस्माको दुर्लुङ चोकमा शिलन्यास गर्दै यस्तो वताएका हुन् । गिरीले यो सडकलाई कुस्मा दुर्लुङ हुँदै शालिजासम्मको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको वताउँदै जलजला मिलनचोक देखी शालिजा सम्म कालोपत्रे गर्ने योजना भैसकेको र त्यसै सडक संग जोड्ने दावी गर्दै पहिलो चरणमा देऊराली गौँडा पदम खोल्सीसम्म निर्माण कार्य सम्पन्न गर्ने वताए ।

विकास भनेको एउटै पार्टि र एउटै व्याक्तिको प्रयासले मात्र सम्भव नभएको भन्दै हामी पर्वतेहरु सवै एकतावद्ध भएर हातेमालो गरेर अगाडि वढेमात्र विकासले गति लिनेमा जोड दिए । गिरीले सवै पर्वतेली जनताको एउटै मात्र स्वार्थ समृद्ध पर्वत निर्माण कसरी गर्न सकिन्छ भन्ने रहेको र यो वाहेक अर्को स्वार्थ नभएको वताउँदै राजनीतिको कुरा चुनावको वेला गर्नुपर्ने भन्दै अहिले पर्वत जिल्लाका धुले हिले वाटाहरु कसोरी कालोपत्रे गरेर यात्रालाई सहज वनाउन सकिन्छ भन्नेमा चासो राख्नुपर्नेमा जोड दिए । करिव १ करोडको लागतमा कालोपत्रे सम्पन्न हुन लागेको सडकलाई समयमै सम्पन्न हुनेमा आँफु विश्वस्त रहेको भन्दै कुरा धेरै गर्ने तर काम थोरै गर्नुभन्दा थोरै वोलेर धेरै काम गरेर देखाउने गिरीको प्रतिवद्धता रहेको छ । वाटो वन्ने कुरा ठुलो नभएको भन्दै दीर्घकालीन रुपमा टिकाउ हुनेगरी निमार्ण गर्नुपर्ने वताए ।

विकास निर्माणका कुरामा कसैलेपनी जुँगाको लडाई गर्न नहुनेमा जोड दिँदै गिरीले सवै आँफैले गरेको हुँ भन्ने महत्वकांक्षी अन्त प्रचार गर्दैमा विकासको लक्ष्यमा पुग्न नसकिने आँफुले राम्रोसंग वुझेर अगाडि वढेको वताए ।

पर्वतलाई समृद्ध वनाउन पहिलो प्राथामिकतामा जिल्लामा सडक नपुगेको ठाउँमा सडक पु¥याउने र कच्ची सडकहरुलाई स्तरउन्नोती गर्दै जिल्लाका सवै मुख्य सडकहरुलाई आफ्नो कार्यकालमा कालोपत्र गरीसक्ने प्रतिवद्धता दोहो¥याएका छन् । गिरीले आजको शिलन्यास कार्यक्रममा भौतिक रुपमा आँफुले उपस्थिती जनाएपनी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ,प्रदेशका सभामुख, मन्त्रीहरु ,पर्वतका अन्य सवै जनप्रतिनिधिहरु, जिल्लाका नेताहरुको साझा प्रतिनिधित्व आफुले गरेको अर्थमा वुझिदिन आग्रह समेत गरेका थिए ।

कालोपत्रे गर्नका लागि अहिलेको बजेट पर्याप्त नभएपनि संघीय सरकारबाट थप बजेट बिनियोजन गराएर पनि ८ किलोमिटर सडक कालोपत्रे नै गरेर छाड्ने साँसद गिरीले प्रतिबद्धता जनाए ।

उनले भने ‘कुस्मा –दुर्लुङ्ग सडक जुनसुकै हालतमा पनि कालोपत्रे गरि छाड्ने मेरो प्रतिबद्धता हो, चालु आर्थिक बर्षमा नै नभएपनि अर्को बर्ष सम्म सकिन्छ । उनले कुस्मा –दुर्लुङ्ग सडक निर्माणका लागि यस अघि पहल गर्नुहुने तत्कालीन जिल्ला बिकास समितिका सभापति राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पुर्व सहायक मन्त्री क्षेत्रबहादुर गुरुङ्ग, तत्कालीन सडक निर्माण समितिका अध्यक्ष गमबहादुर गुरुङ्ग, लगायतलाई धन्यबाद समेत दिए ।

स्मरणीय के छ भने कुस्मा –दुर्लुङ्ग सडकको यस अघि पनि कालोपत्रेको शिलान्याश भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी जिल्ला समन्वय समिती पर्वतका प्रमुख मनोहर वि.पौडेलले जिल्लाको विकास निर्माणका कार्यमा सवै एकजुट भएर लाग्नुपर्ने भन्दै आँफूले समृद्ध पर्वत निर्माणको यात्रामा आँफुले समन्वय गर्दै जाने वताए ।

त्यस्तै कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास शर्मा लामिछानले विकास निर्माणका योजनाहरु समयमै सम्पन्न गरे मात्र विकासले छिटो गति लिनेमा जोड दिए ।

सडक कालोपत्रे गर्नका लागि गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट बजेट बिनियोजन गरेको छ । यस बर्ष प्रदेश सरकारको १ करोड र संघीय सरकारबाट रणनीतिक महत्वका सडक अन्र्तगत सडक डिभीजन कार्यालय बागलुङबाट थप २ करोड बजेट बिनियोजन भएको छ ।

आजको सडक कालोपत्रे शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बिश्वकर्मा पौडेल, कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछाने, नेकपाका नेताहरु मेघनाथ सुबेदी, गोबिन्द पहाडी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कुस्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेजप्रसाद पाध्याको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा नं ७ का अध्यक्ष सुवास पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *