कालीगण्डकी करिडोर : बम बिष्फोटनबाट २ सय मिटर टाढा सम्म असर, न्यूनीकरण गर्ने निर्णय !

बागलुङ २०७५ चैत १ । कालीगण्डकी करिडोर सडक विस्तार आयोजनाले सडक विस्तार क्रममा ठुला चट्टान खोली बम घुसारेर विष्फोटन गराउँदा २ सय मिटर पर (टाढा) सम्मका बस्तीहरुमा ढुंगाका टुक्राहरुले असर पुग्न गएको भनी स्थानीयवासीहरुले राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखरामा निवेदन दिएको सन्दर्भमा आज जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले असर न्यूनीकरणका लागी विविध पाँच निर्णय गरेको प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।

आयोजनाले बम विष्फोटन गर्नु पूर्व बागलुङ र पर्वत दुबै तर्फ प्रभावित क्षत्रमा समयमै सुरक्षाका लागी जानकारी गराउने, विष्फोटक पदार्थ केहि कम राख्ने, विष्फोटन पछी क्षतिको मुल्यांकन गर्ने र सडक विस्तार आयोजनाले स्थानीय प्रशासन, स्थानीय तह, स्थानीय सरोकारवालाहरुसंग समन्वय राखी संभावित क्षती न्यूनकिरण गर्ने आदि निर्णहरु गरेको छ ।

बागलुङ नगरपालिका-१३ पैयुँपाटा तवै नयाँपुल तर्फका गणेश प्रसाद लामिछाने सहितका व्यक्तिहरुले क्षेती न्यूनीकरणका लागी राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश पोखरामा दिएको निवेदनका सम्वन्धमा बुझ्न जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोगबाट पत्राचार भएकोले यस सम्वन्धमा छलफल गर्न आज आयोजित बैठकमा जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेल, अर्जुनवाण गण बागलुङका सेनानी रामकुमार महत, मानव अधिकार आयोग पोखराका अधिकृत ज्योति घिमिरे, राष्ट्रिय मानव अधिकार आयोगकै टंकप्रसाद खनाल, एक श्रेष्ठ र सन्तोष बराल लगायत कुस्मा नगरपालिका सहश्रधारा पर्वतका बालकृष्ण पौडेल, रमेश पोडेल, भुवन रिजाल र तेजनाथ रिजाल जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी खरेलले राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृतहरु एवं क्षती न्यूनीकरणकालागी आयोगमा निवेदनकर्ताहरुलाई खादा र अवीर ले स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *