चितवन बसाई सरेका बिहुँकोटबासीले गैँडाकोटमा बनाए सवा तीन करोडको कुल मन्दिर !

बिनिता कडेल, चितवन २०७५ चैत १ । भारद्वाज गोत्रिय कडेल वंशव्दारा गैडाकोटमा सवा तीन करोडको लागतमा कुल मन्दिर निर्माण गरिएको छ । बागलुङ जिल्लाको बिँहुकोट मुख्य थलो रहेर चितवन नवलपुरमा आएर बसोबास गरेका कँडेलहरु आफैले आर्थिक संकलन गरेर कुल मन्दिरको स्थापना निर्माण गरेको कुल मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रमाकान्त कडेलले बताए ।

बिँहुँकोटबाट चितवन आएका कँडेलहरुले २०५६ सालदेखि सो स्थानमा पूजा आजा गर्दै आएकोमा पूजा गर्नको लागि संरचना सानो हुदाँ समस्या परेपछि सुबिधा सम्पन्न मन्दिरको निर्माण गरिएको हो । सवा तीन करोडमा निर्माण भएको कुल मन्दिरमा बिभिन्न देबीदेवताका दर्जन भन्दा बढी मुर्ती स्थापना गरिएको छ । मन्दिर भित्र र बाहिर गरि सप्तऋषिका ८, राम,सीता, हनुमान, लक्ष्मण, शिब पार्वती गणेश, देवी, सूर्य, बिष्णु भगवान लगाएतको मुर्तीहरुको स्थापना गरिएको अध्यक्ष कडेले बताए ।

डेढ बिघा क्षेत्रफलमा निर्माण भएको मन्दिरमा आर्कषणको लागि मोजाक टायलको प्रयोग गरिएको छ । अतिथी गृह सहित निर्माण भएको मन्दिरमा सुबिधा सम्पन्न यज्ञ मण्डप, आश्रम, भोजन गृह लगायत शौचालय निर्माण गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाश कडेलले बताए ।

मन्दिरमा कडेलमात्र नभई अन्य ब्यक्तीको आवागनको लागि आर्कर्षक किसिका संरचना पनि छन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ६० केजी बराबरको ४ वटा कलात्मक घण्ट जोड्ने मन्दिर ब्यबस्थापन समितिका सचिब हरी कडेलले बताए । कडेलका अनुसार हाल २ वटा घण्ट राखि सकिएको र बाँकी २ वटा पनि ललितपुरमा बनाउनको लागि अडर गरिएको छ ।

२ बर्षमा निर्माण सम्मन गर्ने गरि बनाईएका मन्दिर महा भुकम्पका कारण १ बर्ष ढिला गरि निर्माण भएको हो । २०५६ सालदेखि कुलको स्थापना गरेर पूजा गर्दै आईएको ठाँउ निकै साघुरो भए पछि कडेलहरु आँफैले रकम संकलन गरेर मन्दिर निर्मांण गरिएको सचिब हरी कडेलले बताए । कडेलका अनुसार पहिले सानो ठाउका कारण सबै कार्यक्रम तथा पुजाहरु एकै ठाँउमा गर्नु पर्ने भए पछि मन्दिर निर्माण गरिएको हो । हाल बनेको कुल मन्दिरमा गुरुकुल र बृद्धाश्रम सञ्चालन ल्याउने समेत अध्यक्ष कडेलले बताए । कडेलका अनुसार मन्दिर निर्माणमा सहयोग गर्नेहरुको नामावली शिला लेखमा नाम लेख्ने तयारी र कडेलको वंशावली लेख्ने काम तत्कालै सुरु हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *