बालबालिकाको उज्वल भविष्य निर्माणको पहिलो जग भनेकै बाल शिक्षा हो : नगर प्रमुख नेपाली

सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन ३० । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले बालबालिकाको उज्वल भविष्य निर्माणको पहिलो जग भनेकै बाल शिक्षा भएको बताएका छन् ।

शैक्षिक सामाग्री हस्तान्तरण तथा क्षमता अभिबृद्धि तालिमको समापन कार्यक्रमका प्रमुख अतिथीको आसनबाट बोल्दै नगरप्रमुख नेपालीले पुरुषले भन्दा महिलाले बालबालिकाहरुलाई मायाँ, ममता दिन सक्ने र उनिहरुको मर्म बुझ्न सक्ने भएकाले पनि उनिहरुको उज्वल भविष्य निर्माणमा शिक्षिकाहरुको पूर्ण जिम्मेबारी र भुमिका रहने नगरप्रमुख नेपालीले बताए । बाल विकासका लागि नगरका हरेक बाल विकास केन्द्रमा कम्यूटरको व्यवस्था गर्ने योजना आफुले बनाएको नेपालीले बताए । बाल शिक्षाका सहजकर्तालाई आगामी आर्थिक वर्षमा नगर कार्यपालिकाको निर्णयका आधारमा २ हजार रुपैयाँ तलव बृद्धि गरिदिने प्रतिवद्धता समेत जनाए ।

बागलुङका विभिन्न स्थानिय तहमा आफुले व्यक्तिगत रुपमा तलव भत्ताको व्यवस्था गरी ५५ जना शिक्षक, शिक्षिकाको व्यवस्था गरेको बताउदै ढोरपाटन नगरपालिकाको शैक्षिक विकासमा आफु हरदम प्रयासरत रहेको बताए ।

ढोरपाटन नगरपालिकाले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राखेको भन्दै शैक्षिक विकासका लागि नगरपालिकाले विभिन्न योजनाहरु समेत बनाएको नेपालीको भर्ना थियो । सो तालिमले बाल विकास केन्द्रको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा लिएको नेपालीले बताए ।

तालिमकी सहजकर्ता तथा नेपाल एजुकेशनल गुड्स सप्लायर्स काठमाडौका शैक्षिक सामाग्री प्रयोग विधि प्रशिक्षक प्रमिता पाण्डेले शैक्षिक सामाग्रीहरुको उपलब्धता भएर पनि प्रयोगको विधि नजान्दा सामाग्री टुट, फुट् हुने र प्रयोग विहीन बन्ने समस्याको समाधानमा तालिमको विशेष महत्व रहेको बताईन् । उनले खेलेरै पनि धेरै कुरा सिक्न र सिकाउन सिकिने भएकाले शैक्षिक सामाग्रीको सहि सदुपयोग गर्न तालिममा सहभागीलाई आग्रह गरेकी थिईन् । किताव केन्द्रीत पढाइले मात्र बालबालिकाको चौतर्फि विकास नहुने भन्दै शैक्षिक सामाग्रीले शिक्षण सिकाईमा थप सहजता ल्याउने उनको भनाई थियो । राष्ट्र निर्माणको मुल धार भनेकै शिक्षा रहेको बताउदै पाण्डेले स्थानिय सरकारले विभिन्न शैक्षिक नीतिहरु लिएर शिक्षाको विकासमा लाग्न आवश्यक रहेको बताईन् ।

ढोरपाटन नगरपालिकाले नगरपालिका अन्तर्गत सञ्चालित बालविकास केन्द्रहरुलाई करिव १० हजार बराबरको शैक्षिक सामाग्री उपलब्ध गराएको छ । बाल विकास केन्द्रको क्षमता अभिबृद्धि तथा बाल सिकाईमा सुधार ल्याउने उद्देश्यले शैक्षिक सामाग्री उपलब्ध गराइएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा रहेका ४८ ओटा बालविकास केन्द्रका लागि ३६ प्रकारका शैक्षिक सामाग्री उपलब्ध गराउनुका साथै सहजकर्ताहरुलाई १ दिने तालिमको आयोजना गरी शैक्षिक सामाग्री प्रयोग विधि सम्बन्धी प्रशिक्षण समेत दिइएको प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरलले जानकारी दिए । बाल विकास केन्द्रहरुमा शैक्षिक सामाग्रीको अभावमा भैरहेको समस्यालाई मध्यनजर गर्दै तालिम सहित शैक्षिक सामाग्री हस्तान्तरण गरिएको पोखरेलले बताए । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रमको अवसर पारेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए ।

तालिममा नेपाल एजुकेशनल गुड्स सप्लायर्स काठमाडौका निर्देशक निर्मल प्रसाद पाण्डे, शैक्षिक सामाग्री प्रयोग विधि प्रशिक्षक प्रमिता पाण्डे र सहायक प्रशिक्षक राज कुमार घिमिरेले प्रशिक्षण दिएका थिए ।

शैक्षिक सामाग्रीको अभावमा बालबालिकालाई पठन पाठन गराउन कठिनाई भैरहेको अवस्थामा नगरपालिकाले तालिम सहित शैक्षिक सामाग्री उपलब्ध गराएको भन्दै बालविकास केन्द्रका सहजकर्ताहरुले खुशी व्यक्त गरेका छन् । उक्त शैक्षिक सामाग्रीले बालबालिकाहरुको पठन पाठनमा सहजता आउने अपेक्षा गरेको उनिहरुले बताएका छन् ।

ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता रहेको उक्त तालिमको समापन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष लक्षमण पुन, वडा नं. ६ का वडा अध्यक्ष जिवन पुन, वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार, वडा नं. ९ का वडा अध्यक्ष हरी बहादुर घर्ति मगर, नेपाल कम्यूनिष्ट पार्टिका नेता टंक पौडेल लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रमको सञ्चालन भने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *