राधिका शर्मा कुटपिट घटनाप्रति गल्कोटका महिलाहरुव्दारा भत्सर्ना !

घनश्याम गौतम, गल्कोट २०७५ फागुन ३० । गत मगंलबार गल्कोट नगरपालिका बाड नम्बर- ३ हटियामा भएको घटनाको महिलाहरुले भत्सना गरेका छन् ।

सामुदायिक सेबा केन्द्र गल्कोटको नेतृत्वमा गल्कोट नगरपालिकाका सबै बडाका महिला जागरण केन्द्र तथा सञ्जालका प्रतिनिधीले सयुक्त रुपमा हस्ताक्षर गरि जारि गरिएको बिज्ञप्तीमा भनिएको छ, गल्कोट नगरपालिका वडा नं ३ हटिया जीपपार्कमा गत मंगलबार दिउसो ३ बजेको समयमा नमस्ते गलकोट होटलकी सञ्चालिका राधिका शर्मा र व्यवसायी भिमसेन श्रेष्ठ बिच लेनदेनको विषयमा भनाभन हुदाँ महिला राधिका शर्मालाई श्रेष्ठले कुटपिट गरेको घटनाले आम महिलामाथि हुने गरेको घटनालाई प्रोत्साहन गरेको उल्लेख गरिएको छ ।

बिज्ञप्ती मार्फत पोखरामा उपचार गराइरहनुभएकी शर्माको शिघ्र स्वास्थ्य लाभको कामना गदैं घटनाको बारेमा सत्यतथ्य छानबिन गरि घटनाको दोषिलाई कडा कारवाहीको माग गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ, यस्ता घटना हुन नदिन आगामी दिनहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदैं उक्त घटनामा घाइते शर्माको तत्काल उपचारको व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *