बागलुङ ईजलासको पत्रकार सम्मेलन : भूकम्पले क्षतिग्रस्त भवन पुन:निर्माण नभएकोमा चिन्ता !

बागलुङ २०७५ फागुन ३० । उच्च अदालत पोखरा बागलुङ ईजलासले आज एक पत्रकार सम्मेलन गरी भूकम्पले क्षतीग्रस्त भवनमा बसेर न्याय सम्पादन गर्नु परेको दु:खेसो व्यक्त गरेकोे छ । २०७२ सालको महा भूकम्पका बेला ठाउँठाउँमा चर्किएको र हालसम्म भवनको पुननिर्माण तथा अर्काे बैकल्पिक व्यवस्था नभएको हुँदा उच्च जोखिममा रहेर न्याय सम्पादन गर्नु परेको रजिष्ट्रार ध्रुव ढकालले पत्रकार भेटका अवसरमा बताए ।

उनले भवन पुन:निर्माणका लागी सर्वोच्च अदालतको ध्यानाकर्षण गराईएको जानकारी दिँदै हाल सोहि भवनको छेउमा टहरा बनाएर सोहि टहराबाट न्याय सम्पादन भैरहेको पनि बताए ।

सर्वोच्च, स्थानीय प्रशासन लगायत सरोकारवाला निकायमा पत्राचार गर्दा समेत कसैको ध्यानाकर्षण हुन नसकेपछी पत्रकार सम्मेलन नै गरेर यस आन्तरिक बास्तविकतालाई नवागत रजिष्ट्रार ढकालले सार्वजनिक गरिएको हुन सक्ने धेरैको बुझाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *