Sorry, that menu does not exist.
 

बन्दको प्रभाव सामान्य तिर …

दिनेश शर्मा, बागलुङ २०७५ फागुन ३० । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)ले आव्हान गरेको नेपाल बन्दको प्रभाव क्रमश न्यून हुँदै गएको छ । यो समाचार लेखिरँहदा बागलुङ बजारका एक दुई पसलहरु खुलेका छन् भने साना सवारी साधन मोटरसाईकल र ट्याक्सी सडकमा गुड्न थालेका छन् ।

गल्कोटबाट सहकर्मी गुमानसिँह भण्डारीले दिएको जानकारी अनुसार हटिया बजार खुल्न सुरु भएको छ । सवारी साधनहरु फाट्टफुट्ट चल्न थालेका छन् । उता बुर्तिवाङ बजारमा पनि पसलहरु खुलेका छन् भने छोटा दूरीमा चल्ने सवारीहरु पनि सन्चालनमा आएका छन् ।

नेपाल बन्दका अवसरमा जिल्लामा शान्ति सुरक्षाको उचित व्यवस्थापनका कारण कुनै पनि स्थानमा अप्रिय घटना नभएको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply