के बिद्यादेवी भण्डारी र केपी शर्मा ओली दुबै नेपालका राष्ट्रपति हुन् ?

बागलुङ २०७५ फागुन ३० । नेपालका उच्चपदस्थ राजनीतिज्ञ एवं कर्मचारीहरु कुनैपनि विषयलाई गम्भीरतापूर्वक लिदैनन भन्ने एउटा ज्वलन्त उदाहरण भारतको नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले प्रकाशित गरेको प्रेस विज्ञप्तीले पुष्टी गरेको छ ।

महामहिम भारतीय राष्ट्रपति समक्ष भारतका लागि नेपालका राजदूत महामहिम निलाम्बर आचार्यले बुधवार आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेको विषयलाई लिएर नेपाली राजदूतावास नयाँ दिल्लीले बुधवार जारी गरेको एक प्रेस विज्ञप्तीमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी तथा सम्माननीय राष्ट्रपति केपी शर्मा ओली भनेर सम्वोधन गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएपछी यो चर्चा बाहिर आएको हो ।

नेपालमा सम्माननीय बिद्यादेवी भण्डारी मात्र राष्ट्रपति भएको र अर्कौ कुने पनि बहालवाला राष्ट्रपति नभएको सम्म थाहा नपाउने राजदूतावासका कर्मचारी र विज्ञप्तीमा के कस्ता शव्दहरु ईकित छन भनेर सामान्य अध्ययन सम्म गर्न आवश्यक नठान्ने महामहिम राजदूत आचार्य प्रति यो प्रेस विज्ञप्तीले नेपाल र भारत लगायत अन्य मुलुकहरुमा के सन्देश प्रवाह गर्ला ? गम्भीर प्रश्न बनेको छ ।

तस्वीर साभार : शरद शर्माको फेसबुकबाट ।

यस्तो छ, विज्ञप्तीको पूर्णपाठ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *