पर्वतमा बन्दको प्रभाव गाउगाउँ सम्म, बिद्यालय बन्द, सवारी साधनहरु ठप्प !

निर्मल पौडेल पर्वत २०७५ फागुन ३० । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्वत जिल्लामा पनि परेको छ । सरकारले प्रतिबिन्धित गरेको नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)ले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव सदरमुकाम कुस्मामा देखिएको छ ।

प्रहरीले विप्लवको बन्ददेखि नडराउन सर्वसाधरणलाई अनुरोध गरेको छ । वन्दको प्रभावले संधैजसो एका विहानै खुल्ने सदरमुकाम कुस्मा बजारका एक दुईवटा पसलहरु खुलेपनि वजारको चोकहरु सुनसान रहेका छन् । त्यस्तै सदरमुकाम कुस्मा वाट देशका विभिन्न ठाउँहरुमा चल्ने लामो तथा छोटो दुरिका सवारी साधन पनि एकादुई मात्र चलेका छन् ।

मिलनचोक , मालढुङ्गा वजार दोविल्ला, डिमुवा वजार, यसैगरी पर्वत दक्षिणको पैँयु गाउपालिकामा वन्दको प्रभाव देखिएको छ । हुवास वजार वन्द रहेको छ । विहादी गाउँपालिकामा पनि वन्दको प्रभाव परेको छ । वन्दले सेतीवेनी वजार वन्द छ । महाशीला गाउँपालिकामा पर्ने लुङ्खुको देउराली वजार पनि वन्द रहेको स्थानीयले बताएका छन् । फलेवास नगरपालिकामा पनि वन्दको प्रभाव उत्तिकै परेको छ । फलेवासमा रहेका मुख्य वजार मानिने राहले वजार, क्याम्पस चोक, ढिक, मुडिकुवा वजार, खानीगाउँ पिप्ले वजार ,खौला वजार , कार्किनेटा वजार लगायतका ठाउँहरुमा वन्दको प्रभाव नराम्रेरी परेको छ भने विद्यालयहरु वन्द रहेको र सवारी साधनहरु पनि सञ्चालन नभएको स्थानियले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *