बिप्लब माओवादीको नेपाल बन्द : बागलुङ बजार सुनसान, हटिया, बुर्तिवाङमा पनि देखियो बन्दको प्रभाव !

दिनेश शर्मा, बागलुङ २०७५ फागुन ३० । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)ले आव्हान गरेको नेपाल बन्दका कारण आज सदरमुकाम बागलुङ बजार बिहानै देखि सुनसान छ । लामो र छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् । बजारमा एक दुई मोटरसाईकल चलेका छन् । जिल्लाका निजी तथा सार्वजनिक विद्यालय अधिकांश बन्द छन् भने बित्तिय संस्थाहरुपनि बन्द छन ।

बागलुङ बजारका तस्बीरहरु

बागलुङ जिल्लाको दोश्रो व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा बन्दको प्रभाव परेको सहकर्मीहरुले बताएका छन् । ईलाका प्रहरी कार्यालय बुर्तिवाङका ईन्चार्ज प्रहरी निरीक्षक ओम प्रकाश यादवका अनुसार बुर्तिवाङ बजारका पसलहरु फाटफुट खुलेपनि लामो दुरीका सवारी साधनहरु चलेका छैनन् ।

बुर्तिवाङका तस्बीरहरु

यसैवीच नेपाल बन्दको पूर्व सन्ध्यामा बिप्लब माओवादीका कार्यकर्ताहरुले बुर्तिवाङ बजार टारीखेतमा राँके जुलुस निकालेका थिए ।

बागलुङ जिल्लाको तेश्रो व्यापारिक केन्द्र गल्कोट नगरपालिकाको हटिया बजारमा बन्दको प्रभाव देखिएको छ । प्रहरी बिट हटियाका प्रसनि टेकबहादुर थाडाले सवारी साधन चलेका छैनन, पसलहरु फाटफुट खुलेको बताए ।

हटियाका तस्बीरहरु

सहकर्मी घनश्याम गौतमका अनुसार हटिया बजारका पसलहरु करीब करीब बन्दै छन् । केहि पसलहरुमा आधा सटर खोलेर अरुले खोल्न के गर्छन भनेर अन्योलको स्थितिमा व्यापारी रहेका छन् । हटिया बजार सुनसान छ ।

बडीगाड गाउपालिकाको खर्वाङ र ग्वालिचौरको खार बजार आँशिक खुलेपनि लामो दूरीका सवारी साधनहरु गुडेका छैनन् ।

उता कुस्मीसेरा बजार भने खुलेको सहकर्मी सन्ध्या आचार्यले जानकारी दिँदै अन्यत्र देखी कुस्मीसेरा आउने सवारी साधनहरु भने आएका छैनन् ।

ताराखोलाबाट सहकर्मी पूर्णभद्र निउरेले दिएको जानकारी अनुसार विद्यालयहरुमा वार्षिक परीक्ष चलिरहेको छ, बाहिरबाट आउने सवारी साधनहरु आएका छैनन, स्थानीयरुपमा सवारी साधनहरु सन्चालनमा छन् ।

निसीखोलाका तस्बीरहरु

निसीखोला गाउपालिकामा लामो दुरीका सवारी साधनहरु सन्चालनमा नआएकोे बोहोरागाउँबाट सहकर्मी राजु आचार्यल जानकारी दिए भने उता तमानखोला गाउपालिकामा पनि विद्यालयहरुमा वार्षिक परीक्षा सन्चालन भैरहेको छ नेपाल बन्दको प्रभाव नरहेको जानकारी दिँदै सहकर्मी बसन्त घर्तिमगरले सवारी साधनहरु भने ठप्प भएको बताए ।

प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवका धौलागिरी अन्चल व्यूरो सदस्य नवीन कुँवरले विद्यालयमा परीक्षा सन्चालन भैरहेकोले केहि लचकता अपनाएका छौँ, तर अन्य सवारी साधन पसल दुकानहरमा केहि क्षेती भएमा हामी जिम्मेवार नहुने बताए ।

यसैवीच, हामीले जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई बिप्लब माओवादीको आव्हानमा आजको नेपाल बन्दलाई लिएर बागलुङ जिल्लाको स्थितिको बारेमा सोधेका थियौँ । प्रतिवन्धित पार्टीका गतिविधीहरु प्रति प्रशासन सजग रहेको बताउदै प्रजिअ खरेलले जिल्लामा कतै कुनै अप्रिय घटना नघटेको जानकारी दिए । यातायात, व्यापार, शैक्षिक संस्था लगायत सबै क्षत्रमा शान्ति सुरक्षाको प्रत्याभूति गराईएको बताउदै प्रजिअ खरेलले प्रतिवन्धित पार्टीबाट गरिने कृयाकलाप निस्तेज पार्न प्रशासन कडाईका साथ प्रस्तुत हुने पनि जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.