वडाकार्यालय र तमान युवा क्लबको सयुक्त आयोजनामा चैतदशैँ मेला हुने !

बसन्त घर्ती मगर, तमान २०५७ फागुन २९ । चैत्राष्टमीको अबसर पारेर तमानखोला गाउँपालिकाको ३ नं वडाकार्यालय आयोजक र तमान युवा क्लब सह(आयोजक भएर चैत्राष्टमी मेलाको आयोजना गर्ने भएको छ । वडाअध्यक्ष गिरबहादुर घर्ती मगरको अध्यक्षतामा भएको छलफलले उक्त निर्णय गरेको हो । मेलालाई व्यवस्थित गरि सभ्य र भव्य रुपमा सु(सम्पन्न गर्नका लागि झक बहादुर बुढाको संयोजकत्वमा ३३ सदस्यीय समिती समेत गठन गरेको छ । मेलामा विभिन्न ६ विधाका ९ खेलहरु सम्पन्न हुनेछन । ती खेलहरुलाई व्यवस्थित गर्न प्रत्येक खेलका लागि संयोजक सहितको टोली बनाइएको छ ।

खेल र संयोजकहरुमा स फुटबल खेलका लागि मेतालिका घर्ती, पुरुष भलिबलका लागि ललित घर्ती, महिला भलिबलका लागि टकमाया घर्ती, तारो खेलका लागि पुर्ण बहादुर बुदाथोकी, लठो तान्ने प्रतियोगिताको लागि दिपक बुढा, पुरुष ठेलोका लागि राजकुमार सुनार र महिला ठेलोका लागि गंगा बुदाथोकीलाई संयोजकको जिम्मा दिइएको छ ।

त्यस्तै अतिथी सत्कारमा मनकुमारी बुढाथोकी, मंच व्यवस्थापनमा बुद्ध बहादुर घर्ती, आर्थिक तथा प्रचार(प्रसारमा बसन्त घर्ती मगर, विधुत व्यवस्थापनमा प्रकाश पुन, साउण्ड सिस्टममा गोविन्द बहादुर बुढा र स्वयंसेवक व्यवस्थापनमा पृथ बुढालाई संयोजकका रुपमा जिम्मेवारी प्रदान गरिएको छ ।

आयोजना गरिएको खेलहरु मध्ये सबैभन्दा बढी राशिको पुरस्कार फुटबल खेलमा रु। ७५,०००।( को रहेको छ ।

मेलाको अबसरमा यहाँका स्थानिय स्तरमा उत्पादन भएका सामाग्रीहरु समेत प्रदर्शनी गरिने छ । मेलाबाट प्राप्त आर्थिक नाफालाई सामाजिक कार्यमा लगाउने कुराको जानकारी आयोजकले दिएको छ । साथै यो मेला यहि चैत महिनाको २४ गतेदेखि ३० गते सम्म संचालन हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *