रेडक्रस मल्म-काडेबास उपशाखाको सभापतिमा केसी चयन !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस २२ । मल्म काडेबास उपशाखाको आज सम्पन्न साधारणसभा तथा अधिवेशनले डोल बहादुर केसी को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नगेन्द्र मल्ल , कोषाध्यक्षमा दल बहादुर थापा सचिवमा छुम बहादुर थापा , सहसचिवमा रमा उपाध्याय, सदस्यहरुमा दल थापा , इन्द्रमणि चालिसे, बसन्त क्षेत्री, वीर बहादुर चोखाल र डिलाराम गौतम रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उपसभापति राम बहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस मल्मका सभापति यज्ञ प्रसाद सापकोटा, ने क पा एमाले मल्मका अध्यक्ष होम बहादुर बस्नेत, ने क पा माओवादी केन्द्र मल्मका सचिव ललित मरासिनी, राष्ट्रिय जनमोर्चाका बेदीलाल सापकोट, शिव मा वि काडेबासका प्रधानाध्यापक हरि चालिसे, मल्म गाविसका निवर्तमान अध्यक्ष पदमबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष डोल बहादुर केसीले अवधारणा , सचिव छुम बहादुर थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दल बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम उपशाखा सभापति डोल बहादुर केसीको अध्यक्षता , उपसभापति सु तिलक बहादुर केसी को स्वागत मन्तव्य र सचिव छुम बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

तस्वीर- थम्मन थापा ‘सन्देश’, मल्म ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *