बिहुँ शिवधुरीमा होमस्टे तालिम सम्पन्न : पाहुनाहरुको आतिथ्यतामा विशेष ध्यान दिन प्रजिअ खरेलको आग्रह !

भरत सापकोटा, बागलुङ (बिहुँ) २०७५ फागुन २९ । काठखोला गाउपालिका ५ बिहुँ शिवधुरीमा शिवधुरी सामुदायिक होम स्टे तथा फापरखेत झुलेनी होम स्टेका २५ जना सन्चालकहरुलाई खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, बागलुङव्दारा आयोजित खाद्य स्वच्छता सम्वन्धी ३ दिने तालीमको आज समापन भएको छ ।

समापन समारोहका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले होम स्टे सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै होमस्टेको दिगो व्यवस्थापन, दिगो होमस्टेको सिद्धान्त, सामाजिक साँस्कृतिक दिगोपना, वातावरणीय दिगोपन आदि विषयहरुमा प्रकाश पारेका थिए ।
प्रजिअ खरेलले होम स्टे सन्चालकहरुले विशेष गरी व्यापक प्रचार प्रसार, आगन्तुक अतिथीहरुको स्वागत सत्कार प्रति संवेदनशीलता अर्थात शिष्ट व्यवहार, पाहुनाहरुको लागि राम्रो बास सँगै मीठो र स्वच्छ खाना, आन्तरिक एवं बाह्य पर्यटकहरुलाई प्रभावित पार्ने किसिमका स्थानीय संस्कृति झल्किने सटिक गतिविधीहरु, घर वरपरको सरसफाई तथा स्वच्छ वातावरण नुहाउने ठाउँ र चर्पीको राम्रो व्यवस्था कुरामा ध्यान दिन जोड दिए ।

काठेखोला ५ बिहुँका वडाध्यक्ष शिव कँडेलको अध्यक्षता भएको समापन कार्यक्रममा खाद्य प्रविधी तथा गुणस्तर कार्यालयका प्रमुख केदार पौडेल, शिवधुरी सामुदायिक होम स्टेका अध्यक्ष प्रेम श्रीस, फापरखेत झुलेनी होम स्टेका अध्यक्ष यामबहादुर पुन, शिवधुरी होम स्टेकी कमला पुन, फापरखेत झुलेनी होम स्टेकी मनिषा पुन, शिवधुरी होम स्टेका प्रेमबहादुर पुन र हिराकुमारी पुन, फापरखेत झुलेनी होम स्टेका कौशिला पुन, मनमायाँ पुन तथा उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, स्थानीय पत्रकार भरत सापकोटा लगायतले मन्तव्य दिएका थिए ।

सोहि कार्यक्रममा प्रमुख अतिथी एवं प्रजिअ खरेलले आफुले सन्चालन गरेको ‘सम्मानको संस्कार’ अन्तर्गत शिवधुरी होम स्टे र फापरखेत झुलेनी होम स्टेका सन्चालकहरु तथा पत्रकार भरत सापकोटा समेतलाई अवीरको टीका र खादा अ‍ेढाई सम्मानित गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले ईबागलुङलाई बताए ।

्समापन कार्यक्रममा होम स्टेमा आवद्ध महिलाहरुले भव्य साँस्कृति प्रस्तुति प्रस्तुत गरेका थिए भने कार्यक्रममा सरीक अतिथीहरुको भव्य स्वागत गरिएको थियो । होम स्टे सन्चालिकाहरुले यस व्यवसायप्रति आफूहरु आकर्षित भएको बिचार व्यक्त गरेका थिए ।
तालिमको गत फागुन २७ गते काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले उद्घाटन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.