हटियामा भयो, घटिया काम : लेनदेनको विषयलाई लिएर महिलामाथी हातपात !

गल्कोट २०७५ फागुन २९ । गल्कोट नगरपालिका-३ हटियाबजारमा मंगलबार दिउसो एक महिला माथी कुटपीट भएको छ । हटिया बजारका व्यवसायी भिमसेन श्रेष्ठ र नमस्ते गल्कोट होटलकी सन्चालिका ३५ वर्षिया राधिका शर्मा बीच लेनदेनलाई लिएर भनाभन हुँदा हातपात भएको प्रहरी बीट हटियाले जनाएको छ ।

हटिया प्रहरी बीटका प्रमुख प्रसनि टेकबहादुर थाडाले राधिका शर्माले भिमसेन श्रेष्ठबाट एक लाख पचार हजार रुपयाँ सापटी लिएको र पटक पटक माग्दा पनि रकम नदिएकोले घटना घटेको प्रारम्भिक अनुसन्धानमा बुझिएको बताए । प्रहरी श्रोतका अनुसार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर छलफल चलाईरहेको छ ।

होटेल सन्चालिका शर्माले होटल बिक्री गरेर रमक चुक्ता गर्छु केहि दिन पर्खनुस भनी रहेकै अवस्थामा हिँजो मंगलबार दिउसो करीब ३ बजेको समयमा साहु श्रेष्ठ र शर्मा वीच भनाभन हुँदा श्रेष्ठको मुक्का प्रहारबाट शर्माको नाकमा चोट लागेको स्थानीयको भनाई छ ।
पीडित महिलाले कार्बाहीको लागी प्रहरीमा निवेदन दिएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *