नवीगाउँका अग्नि पीडितलाई पहिलो किस्ता बापत रु. २५ हजार हस्तान्तरण !
अग्नि पीडित सबैको घर एकै किसिमको निर्माण गरी नमुना बस्ती बनाउन नगर प्रमुख नेपालीको आग्रह !

सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन २९ । ढोरपाटन नगरपालिकाले वडा नं. ९ ढोर नवी गाउँका अग्नि पीडितहरुको घर पुनः निर्माणका लागि पहिलो किस्ता बापतको राहत रकम उपलब्ध गराएको छ । गत मंसिर ९ गते विहानी पख ३ बजे नवी गाउँमा भएको भीषण आगलागीबाट ४८ घर परिवार बसोबास गर्ने ३० घर जलेर नष्ट भएपछी घरबास विहीन बनेका अग्नि पीडितहरुलाई घर पुनःनिर्माणका लागि नगरपालिकाले उपलब्ध गराउने भनेको १ लाख रुपौयाँ राहत रकम मध्यबाट पहिलो किस्ता स्वरुप प्रति घर परिवार रु. २५ हजारका दरले रकम उपलब्ध गराइएको हो ।

ढोरपाटन नगरकार्यपालिकाको कार्यालय बुर्तिवाङमा मंगलबार आयोजित एक कार्यक्रमका वीच अग्नि पीडितहरुलाई पहिलो किस्ता रकमको चेक हस्तान्तरण गर्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले सो रकमबाट घर निर्माण गरी रकमको सहि सदुपयोग हुने कुरामा विश्वस्त रहेको बताए । उनले आगलागी पीडित सबैको घर एकै किसिमको निर्माण गरी नमुना बस्ती निर्माण गर्ने योजना नगरपालिकाले बनाएको भन्दै सोही अनुसार घर निर्माण गरी उक्त योजनालाई सफल बनाउन पीडितहरुलाई आग्रह समेत गरे ।

पहिलो किस्ता स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइएको र दोस्रो किस्ता स्वरुप ७५ हजार रुपैयाँ रकम पछि उपलब्ध गराईने नगर प्रमुख नेपालीले जानकारी दिए । पीडितहरुकोे घर पुनःनिर्माण सम्पन्न हुने चरणमा घर छाउनका लागि आफुले व्यक्तिगत रुपमा राम्रो र बलियो जस्ता पाता उपलब्ध गराउने नगरप्रमुख नेपालीले वचनवद्धता दोहोराए । सो अवसरमा उनले घर पुननिर्माण सम्पन्न भए पश्चात प्रत्येक घरमा नगरपालिकाबाट सोलार बत्तिको व्यवस्था समेत गरिदिने उनले प्रतिबद्धता जनाए ।

आगलागीबाट पूर्ण रुपमा घर जलेर नष्ट हुँदा घरबास विहीन बनेका ४३ घर परिवारलाई प्रति घर परिवार २५ हजार रुपैयाँका दरले १० लाख ७५ हजार रुपैयाँ रकम पहिलो किस्ताको रुपमा उपलब्ध गराइएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले ईबागलुङलाई बताए ।

सो अवसरमा ‘राहत रकमको पहिलो किस्ता प्राप्त गरेपछी तपाईलाई कस्तो लागिरहेको छ ?’ भन्ने ईबागलुङको प्रश्नमा, अग्नि पीडित दिल कुमार विश्वकर्माले नगरपालिकाले दुखेको घाउमा मल्हम पट्टी लगाउने काम गरेको भन्दै नगरपालिका प्रति आभार प्रकट गरे । घरबास, लत्ता कपडा, अन्नपात जलेर नष्ट भएपछि कहाँ बस्ने र परिवार कसरी पाल्ने ? भन्ने समस्या परेको बेला नगरपालिकाले दिएको सहयोगले निकै राहत मिलेको अर्का अग्नि पीडित सोमला विश्वकर्माको भनाई थियो । ढोरपाटन नगरपालिका सहित अन्य संघ संस्थाले उपलब्ध गराएको राहत सामाग्रीले केहि समय दैनिक गुजारा चलाउन केहि सहज भएपनि अहिले निकै समस्या परिरहेको विश्वकर्माको भनाई छ । क्षतीग्रस्त अवस्थामा रहेका घरहरु हेर्नका लागी त्यहाँका चौकीनीहरुको जिम्मा लगाएर उनिहरु अहिले बोबाङमा बस्दै आएका छन् ।

राहत रकम वितरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष चित्र बहादुर भण्डारी, नगरपालिकाका ईन्जिनियर नारायण पौडेल, सूचना अधिकृत हरिस भण्डारी, लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने प्रमुख प्रशासकिय अधिकृ पोखरेलले गरेका थिए ।

स्मरणीय छ, नवीगाउँमा भीषण आगोलागी हुँदा गाउँमा ४ जना हेरालु (कुरुवा)मात्र थिए । जाडो याममा नवीगाउँबासी बस्तुभाउ लिएर बोवाङ (बेसीगाउँ) झर्ने हुनाले आगोलागीमा मानवीय र पशुचौपायाको क्षती हुन पुगेन । अचम्म त के छ भने, गाउँ नै खरानी हुने गरी कसरी आगो लाग्यो ? त्यस्को कारण अझै पत्तालागेको अवस्था छैन ।

सम्वन्धित लिंकहरु:
ढोरपाटनको नवी गाउँमा भीषण आगलागी, नेपाली सेनाको प्रयासबाट गाउँ नै खरानी हुन बाट जोगियो !

पीडित ४८ परिवारलाई ढोनपाबाट एक/एक लाख सहयोग, टिनको छाना नगरप्रमुखको निजी खर्चमा !

नबीगाउँका अग्निपीडितहरुलाई राहत वितरण गर्न प्रजिअ खरेलको टोली ढोरपाटनमा !

विश्वकर्मा समाज नेपाल (यूएई) द्वारा ढोरपाटन–९ ढोर नवीका अग्नी पीडितहरुलाई राहत वितरण !

साताको तस्वीर : नबीगाउँको पीडा !

आजको तस्वीर : ढोरपाटनस्थित हनुमानध्वज गुल्म सम्मानित !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *