बागलुङ नगरपालिका ६मा प्रथम पञ्चकोट गोल्डकप प्रतियोगिता हुने

कृष्ण सापकोटा, बागलुङ २०७५ फागुन २८ । युवा तथा खेलकुद बिकास समिति बानपा ६को आयोजनमा प्रथम पञ्चकोट गोल्डकप प्रतियोगिता हुने भएको छ । फागु पुर्णीमाको अवसरमा चैत ७ देखी ९ सम्म प्रथम पञ्चकोट गोल्डकपको आयोजना गरिएको आयोजकले जानकारी दिए ।

बागलुङ नगरपालिका भित्रका १४ वडाका खेलाडी सहभागि हुने वडा स्तरिय प्रतियोगितामा प्रथम हुनेले नगद रु ३५ हजार र व्दितिय हुनेले नगद रु २० हजारका साथ ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने समितिका अध्यक्ष विदुर सुवेदीले बताए । खेल क्षेत्रको विकास तथा पञ्चकोटको प्रचारको लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाई छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिव ३ लाख रुपैयाको लागत अनुमान गरिएकोमा बानपा ६को वडा कार्यालय रु १ लाख विनियोजन गरेको छ । अन्य सहयोग विभिन्न सघं सस्था एवं सहयोगदाताहरुबाट उठाउने समिति उपाध्यक्ष दिपेन्द्र क्षेत्री लक्षुमणले बताए । त्यसका साथै खेल मैदान निमार्णको रु २लाख बानपा ६को वडा कार्यलयलेनै सहयोग गरेको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.