बिकासका काममा युवाहरुको सक्रियता आबश्यक : नगरप्रमुख गैरे

घनश्याम गौतम गल्कोट २०७५ फागुन २८ । पैयुडाडा युवाक्लब गल्कोट नगरपालिका बडा नम्बर २ को छैटौं बाषिकोत्सबको आज उद्घाटन गदैं नगरप्रमुख भरत शर्मा गैरेले हरेक बिकास निर्माणका क्रियाकलाप सञ्चालन गर्दा युवाको सक्रिय सहभागि हुनेपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख गैरले, दलीत समुदायको उल्लेख्य बस्ती रहेको क्षेत्रमा बिकास गर्न नगरपालिकाले सहयोग गरेको बताउदै त्यस्ता क्षेत्रमा युवा क्लवहरुले बिशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रबक्ता तथा बडा नम्बर २ का बडा अध्यक्ष हिम बहादुर भण्डारी, हेमन्त, बाड नम्बर २ का बडा सदस्य घनश्याम कुबर, पैयुडाडा प्राथमिक बिद्यालयकी प्रधानाध्यापिका मञ्जु रेग्मी लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । बार्षिकोत्सबको अबसरमा आयोजित २० समुहको सहभागिता रहेका साबिकको बडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समुह बि लाई शिबज्योति युवा क्लवले पराजीत गरेको छ ।

उक्त कार्यक्रममा सामुहिक लोक नृत्य प्रतियोगिाता, एकल नृत्य प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरिएको छ ।
२०६९ सालमा स्थापना भएको उत्त क्लवले बिबिध सास्कृतिक कार्यक्रमको साथमा हरेक शनिबार समाजमा सरसफाई सम्बन्धी अभियान सञ्चालन गदैं आएको क्लवका अध्यक्ष मणिभद्र कडेले जनाकारी दिए । कडेलका अनुसार क्लब समाजमा सकारात्मक प्रभाब राख्ने कार्यक्रमको साथमा बिकासका काम समेतमा सहभागिात जनाउदैं आएको छ । उद्घाटन कार्यक्रमको क्लवका अध्यक्ष मणिभद्र कडेंलको अध्यक्षता, सचिब उमेश नेपालीको स्वागत तथा सल्लाहकार राम प्रसाद कडेंलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *