सफल, असफल सबै तक्दीरमा हुन्छ जीवन !

वीर सहिद देशको लागी मर्‍यौ तिमीलाई सलाम छ
हजार सपनाहरु नफुल्दै झर्‍यौ तिमीलाई सलाम छ ।
त्यो के सहिद आफ्नो सीमित स्वार्थको लागी मर्‍यौ
यो देशको लागी बलिदान गर्‍यौ तिमीलाई सलाम छ !
***
सधै हास्न खोजेतापनी पिरमा हुन्छ जीवन
अप्ठ्यारो बाट गुजृएको भिरमा हुन्छ जीवन ।
सुखदुख मिलन बिछोड हाँसो आंसुको सँगम
सफल असफल सबै तक्दीरमा हुन्छ जीवन !
***
कोही भेटिएर छुटिन्छन कोही छुट्टिएर भेटिन्छन्
कुनै कुनै सम्वन्धहरुले बिना कसुर मुटु रेटिन्छन् ।
बिस्वास गरेका बाटै अबिश्वासको प्रस्ताव आएपछि
सम्वन्धको प्रस्ताव पारित बिनानै अधुरै मेटिन्छन !
***
जीवनमा अतितका यादहरु बल्झ्यो भने नरुनु
कहिकतै दोबाटोमा ठेस लागी अल्झ्यो भने नरुनु ।
जीवनको कठिन यात्रा सोचे जस्तो नहुन सक्छ
पानी पिउंदा जस्तो जीवन असल्झ्यो भने नरुनु !
***
ब्यक्तिपिक्ष सबैको यहाँ छुट्टै कथा हुन्छ
बाहिर हास्छ मान्छे मन भित्र ब्यथा हुन्छ ।
कोही आंसु देखाउछन त कोही लुकाउछन्
पीडाले जेलिएको मुटु भित्र गाँठो हुन्छ !
***
जाडो पनि मस्त लाग्छ यहाँ हिउ परेर होला
कपास सरी आकास बाट हिउ झरेर होला ।
मलाई हिउसँग रमाई रहु जस्तो लाग्छ किन
सायद हिउले पनि प्रेमरुपी मधुमास छरेर होला !
***
झलक काउचा,
बागलुङ
हाल-दक्षिण कोरिया ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.