श्रोतासंग छलफल नै नगरी प्रशारण गर्दै जाँदा सामुदायिक रेडियो समुदायको रेडियो बन्न सकेन – खड्का

घनश्याम गौतम, गल्कोट २०७५ फागुन २८ । सामुदायिक सूचना नेटबर्क सिआइएनका समाचार सम्पादक गोबिन्द खड्काले सामुदायिक रेडियोले समुदायको मुद्दामा काम गर्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो गलकोट एफ एमको बिशेष सम्बादमा कुरागदैं सम्पादक खड्काले सामुदायिक रेडियोमा समुदायको सहभागिता, समुदायको अपनत्व, समुदायको स्वामित्ब सुनिश्चत हुनुपर्ने बताए । उनले समुदायको बिचमा रेडियो हुनु ठुलो कुरा नभएको बताउदै त्यो समुदायले मेरो रेडियो भन्ने बनाउनुपर्ने उनको भनाई थियो ।

यो सामुदायिक रेडियो नहुदा आफुमा केही नभएको अनुभुति गरको छ की छैन्, छैन भने किन महसूस गर्न सकेनौँ, हामीले समुदायको सहभागिता जुटाउन सकेनौं, सुनिरहदा सुन्ने ब्यक्तीका कुरा प्रशारण गर्न सकेनौ, उसलाई आबश्यक पर्ने बिषय प्रशारण गर्न सकेनौं, के भयो भने त्यो प्रशारण गर्न सक्छौं, उनले यस्ता बिषयमा रेडियोको सञ्चालक समिति देखी स्टाफ सम्म त्यस्को जिम्मेबारी हुने बताए ।

सामुदायिक रेडियोहरुले प्रसारण गर्ने कार्यक्रम समाचार बारे लक्षित श्रोताको प्रतिक्रिया नलिने र प्रशारित सामाग्री श्रोतालाई कत्तिको उपयोगि भयो भनेर श्रोतासंग छलफल नै नगरी प्रशारण गदैं जाने परिपाटीले सामुदायिक रेडियो समुदायको रेडियो बन्न नसकेको खड्काले बताए ।

उनले सामुदायिक रेडियोमा आर्थिक, जनशक्ति ब्यबस्थापनमा समस्या रहेको बताउदैं समाधान गर्न समुदायको अबाज, रेडियो प्रतिको चेनता, बुझाई सञ्चारकर्मी र ब्यबस्थापन समिति सबै पक्षले गहिरीएर छलफल गर्नुपर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.