महाबिद्याजन माबिको ५७ औ बार्षिकोत्सव : शैक्षिक विकास पहिलो प्राथमिकता- गौतम

बागलुङ २०७५ फागुन २८ । महाबिद्याजन माबि बानपा ११ रायडाडाको ५७ औ बार्षिक उत्वस बिभिन्न कार्यक्रमका साथ मंगलबार सम्पन्न भएको छ । बार्षिक उत्वसको उदघाटन गर्दै बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले शैक्षिक उन्नतिको लागि पहिलो प्राथमिकता राख्दै आएको बताए । उनले व्यवहारिक ज्ञानका साथै प्रविधिमैत्री वातावरणमा बिद्यार्थीहरुलाई शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिद्यालयका पूर्व प्रअ केदार आचार्य, बिद्यार्थी नेता बिष्णु पौडेल, बिद्यालय व्यवस्थापन समिति सदस्य खेम थापा, अभिभावक शेरबहादुर थापा, बिद्यार्थी निर्मल सुनार लगाएले मन्तव्य व्यक्त गरेका थिए ।

बिद्यालयका प्रअ रामबहादुर केसीले बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर थापाको अध्यक्षता र शिक्षक मनु गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बार्षिक उत्वसको अबसरमा बिभिन्न सांस्कृतिक ,खेलकुद कार्यक्रमका साथै अतिरिक्त क्रियाकलापमा बिजेतालाई पुरस्कार बितरण समेत गरिएको थियो । बिद्यालयको भौतिक पुर्बाधार व्यवस्थित गर्न २ करोड रुपैयाको लगानीमा ८ कोठे भवन समेत निमार्ण थालिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.