सिसाखानीको कञ्चनापुर आधारभुत बिद्यालयको आर्थिक स्थिति कमजोर हुँदा पठनपाठनमा समस्या !

हेम विश्वकर्मा , बुर्तिबाङ २०७५ फागुन २८ । बडीगाड गाउँपालिका ३ सिसाखानी स्थित ताञ्जामा रहेको कञ्चनापुर आधारभुत बिद्यालयले आर्थिक तथा भौतिक ब्यबस्थापनका लागि आर्थिक संकलन अभियान थालेको छ ।

बिद्यालयको आर्थिक स्थितिमा गठित बिभिन्न समिति तथा उपसमितिहरुले चन्दा सँकलनको अभियान अगाडि बढाएका हुन् ।

१२० जना बिद्यार्थीले अध्ययन गर्दै आएको सो बिद्यालयमा अधिकांश गरीब पारिवारिक पृष्ठभुमीका दलित बिद्यार्थीहरु छन । कतिपय विद्यार्र्थीले पढनका लागि आबश्यक पर्ने कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु खरिद गर्ने हैसियत समेत राख्दैनन् । यस्तो परिस्थितिमा बालबालिकाहरु चाहेर पनि बिद्यालय आउन नसकेको अवस्था रहेको छ । कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्नका लागि बिद्यार्थीहरु घण्टौ टाढा हिडेर सिसाखानी मा.बि जानुपर्ने अबस्था छ ।

यता बिद्यालयले गत बर्ष देखि आधारभुत तह सञ्चालनका लागि भनि कक्षा ६ थप गरेको छ र त्यसलाई थप गर्दै जाने निर्णय भएको बिद्यालयका प्रद्यानाध्यापक पुनराम गिरीले बताए । “अभिभाबकको सल्लाहमा बिद्यालय थप त गरियो तर भौतिक तथा आर्थिक अभावले अहिलेको कक्षा ६ पनि सञ्चान गर्न निकै धौधौ परेको छ” गिरीले भने , अब नयाँ शैक्षिक सत्र बाट कक्षा ७ सञ्चालन गर्नुपर्नेमा नत कक्षा कोठा छ , नत आर्थिक स्थिति नै बलिययो छ , बिद्यालयमा अक्षयकोष पनि नभएको कारण निकै सकस भएको प्र.अ गिरीले बताए ।

बि.स २०३६ सालमा स्थापना भएको उक्त बिद्यालयमा खानेपानीको समस्या समेत छ । चुनावका बेला नेताहरुले बिभिन्न किसिमका आश्वासन देखाएपनि चुनाब जितेपछि आफ्नो कर्तब्यलाई भुलेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन प्रसाद शेरचनले बताए । पुरानै संरचनाको बिद्यालय भएकाले बिद्यार्थीलाई कक्षा कोठा ब्यबस्थापनमा समस्या समेत देखा परेको उनको भनाई छ । त्यसका लागि गाउँ स्तरका केही ब्यक्तिले चन्दा बोल रकम बोलिसकेको र अन्य स्वदेश तथा बिदेशमा रहनुहुने शिक्षाप्रेमी सहयोगी मनहरुलाई सहयोग गरिदिन बिद्यालयले आग्रह गरेको छ ।

यस सम्बन्धमा वडा नं ३ का वडा अध्यक्ष एबंं बडीगाड गाउँपालिकाका शिक्षा तथा स्वास्थय संयोजक खड्क पुनलाई जानकारी गराउँदा शिक्षासँग सम्बन्धीत बिभिन्न निकायलाई आफुले पहल गरिरहेको र यस सँग सम्बन्धित सबै संस्था तथा ब्यक्तिलाई उदासीन नभई सहयोग गरिदिन आह्न गरेका छन् । उनले अब छिटै शिक्षा निति आउने भएकाले आफ्नो तर्फ बाट बिद्यालयलाई सक्दो सहयोग हुने बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.