चैत १ र २ गते फलेवास नगरपालिकामा नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुने

शिला पाण्डे,पर्वत २०७५ फागुन २८ । फलेवास नगरपालिकामा निशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको छ । फलेवास नगर कार्यपालिकाको आयोजना तथा चितवन मेडिकल कलेज भरतपुरको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो।

बिरामीहरुलाइ मध्यनजर गर्दै स्वास्थ शिविर यहि चैत १ र २ गते फलेवास नगरपालिका ५ मा रहेको भवानी बिध्यापिठ र धुलिखेल सामुदायिक स्वास्थ केन्द्र खानीगाउँमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

उक्त शिविरमा चितवन मेडिकल कलेजका बरिस्ठ प्राध्यापक मुटु रोग बिशेषज्ञ डाक्टर श्याम रेग्मी सहितको अन्य विशेषज्ञ टाेलिबाट स्वास्थ परिक्षण गरिने जनाइएको छ।

शिविरमा मुटु रोग,जर्नल मिडिसेन,जर्नल सर्जरी ,स्त्री तथा प्रसुती, हाड जोर्नी तथा नशा रोग,नाक कान तथा घाँटी , बालरोग,दन्तरोग परिक्षण हुने र बिरामीको स्वास्थ अबस्था अनुसार एक्सरे,इ.सि.जि.सेवाको समेत ब्यबस्थापन गरिएको छ।

उक्त शिविरमा नाम दर्ता गर्नको लागि नगरपालिकाको स्वास्थ शाखामा तथा ११ वडका स्वास्थ चौकिमा गएर पनि नाम दर्ता गर्न सकिने जनाइएको छ।

आर्थिक अभावका कारण अस्पतालको पहुँचमा पुग्न नसकेका बिरामीहरुको समस्या समाधान गर्नका लागि आयोजना गरिएको शिविरमा बिहान १० बजे देखि बेलुका ५बजे सम्म सेवा प्रदान गरिने फलेवास नगरपालिकाले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.