प्रवास : नेपाली राजदूतावास यूएईले फोन उठाउने ब्यक्ति ताेक्याे !

सचिन्द्र श्रेष्ठ, अवुधावी युएई, २०७५ फागुन २८ । अबुधाबी स्थित नेपाली राजदूतावासले युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी दुताबासका कर्मचारी पुष्कल लामालाई तोकेर आफ्नो पहिलो कामको सुरुवात गरेका छन् ।

नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको, सेवा ग्राहीले सधै यसका बारेमा गुनासाे,समस्या आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दिएको राजदुत ढकालले बताएका छन् ।

नेपाली राजदूतावास अबुधाबीबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरुका बारेमा सोध पुछ गर्नुपरेमा दूतावासमा कार्यरत कर्मचारी पुष्कल लामालाई कार्यालय खुलेको समयमा (बिहान ०९:०० बजे देखि बेलुका ०५:०० बजे सम्म) निम्न लिखित टेलिफोन तथा मोबाइल नम्बरमा सिधै सम्पर्क राख्न सकिने राजदुत ढकालले बताए।

टेलिफोन नं.- +971 2 634 4767,
+971 2 634 4385 (Extension Number:- 109)
मोवाइल नं.- 971 – 55 228 1722

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *