प्रगतिशिल युवा परिवार हिल काक्राखोरको आम भेला सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस २२ । प्रगतिशील युवा परिवार हिल ८ र ९ काँक्राखोरको आम भेला सम्पन्न भएको छ । कार्यक्रममा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको कार्यक्रमको आयब्यय सार्वजनिक गरिएको थियो । जसमा आम्दानीतर्फ ३ लाख ४९ हजार ५ सय १५ र खर्चतर्फ १ लाख ७४ हजार १५ सार्वजनिक गरिएको थियो ।

सो अवसरमा काँक्राखोर आधारभुत बिद्यालयको केहि जग्गा क्लबको भवन निर्माणका लागी प्रदान गर्ने निर्णय गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनबहादुर लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रध्यानाध्यापक धर्मदत्त गौतम, शिक्षक अभिभावक संघका संयोजक ईन्द्रप्रसाद न्युरे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षता र सचिव हेमन्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.