आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा बागलुङका पाँच जना खेलाडी छनौट !

गुमान सिँह भण्डारी गल्कोट २०७५ फागुन २७ । आठौ राष्टिय खेलकुद प्रतियोगितामा बागलुङ जिल्लाबाट छनौट भएका ५ जना भलिबल खेलाडीहरुमा गल्कोट नगरपालिका ५ का राजु बिक, ६ का हिमाल चालिसे र ७ का बिमल परियार छनोट भएका छन भने महिला खेलाडीहरुमा बडीगाड गाउपालिकाकी लुकू श्रीस र तमानखोला गाउपालिकाकी यमुना रसाईली छनौट भएका छन् । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरिय भलिबल प्रतियोगितबाट उनिहरु छनौट भएका हुन ।

जिल्ला खेलकुद बिकास समितिका प्रशिक्षक योगेश भण्डारीले नेतृत्व गरेको जिल्ला भलिबल समुहबाट खेलेका उनिहरु राष्टिय खेलकुद प्रतियोगिताका लागी छनोट भएका हुन । फागुन ३ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको खेलमा जिल्ला खेलकुद बिकास समिति बागलुङ प्रथम बन्न सफल भएको थियो । त्यस्तै महिला तर्फको खेलमा तृतिय बन्न सफल भएको थियो । आठौ राष्टिय खेलकुद पतियोगिता आगामी चैत महिनामा सञ्चालन हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *