भिङगिठेको गैरागाउमा आगलागीबाट एक गोठ जलेर खरानी, तीन लाख बढिको क्षति

दिनेश शर्मा बडीगाड बागलुङ २०७५ फागुन २७ । बडीगाड गाउपालिका वडा न ७ भिमगिठे गैरागाउ साबिक भिमगिठे गा बि स वडा न ४ गैरागाउ सालघारीमा स्थानीय गम्भीर बहादुर खत्रीको छोरा लाल बहादुर खत्रीको गोठमा आगोलागी भएको हाे । उनी अहिले रोजगारिको शिलशिलामा बिदेश छन ।

केहि समय अघी साढे पाँच बजेको समयमा अचानक आगोलागी भएको र उक्त गोठ केही समय अघि कुखुरा फार्मको रुपमा रहेपनी अहिले भने तल्लो तलामा गोरु बाँध्ने र माथिल्लो तलामा दारपात र घाँस राख्न प्रयोग गरिएको थियो ।

करिब २० हात लम्बाइ र ९ हात चौडाइ रहेको खरको छानो र ढुङ्गा माटोको गाह्रो रहेको गोठ पुर्ण रुपमा जलेर नष्ट हुदा साढे तीन लाख भन्दा बढिको क्षति भएको वडाअध्यक्ष्य कृष्ण गुरुङले ईबागलृङलाई बताए । उक्त गोठमा गोरु बाध्ने गरिएको भएपनी दिउँसो गोरु चराउन लगेको अवस्थामा घटना भएको हुदा पशुपन्छीको क्षति हुन भने पाएन ।

आगो के कसरी लागेको हो भन्ने चाहिँ अहिलेसम्म खुल्न सकेको छैन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.