गल्कोट नगरपालिका भित्र रहेका संघसंस्थाहरुको नगरपालिकाले नियमन गर्ने !

गुमानसिँह भण्डारी गल्कोट २०७५ फागुन २७ । गल्कोट नगरपालिकाले नगरपालिका भित्रका युवाहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नगरपालिका भित्रका प्रत्येक वडाका टोलटोलमा दर्ता नभई खेलकुदका मात्रै कार्यक्रम सञ्चालन हुदै आईरहेको भन्दै दर्ता प्रक्रियामा ल्याई क्लबहरुलाई खेलकुद सँगै सामाजिक कार्यमा समेत अग्रसर बनाउनका लागी नगरपालिकाले नगरशिक्षा योजनामा कार्यक्रम समावेश गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

नगरभित्रका केहि क्लबहरु दर्ता भएर खेलकुद र सामाजिक गतिबिधिमा समेत क्रियाशिल भईरहेको समयमा दर्ता नगरि जथाभावी रुपमा कार्यक्रम सञ्चालन गरि लाखौ रुपिया खर्च गर्ने क्लबहरुलाई दर्ताको प्रक्रियामा ल्याई ब्यवस्थित गर्नका लागी यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने नगरप्रमुख गैरेको भनाई छ ।

गलकोट क्षेत्रमा भएका क्लबहरुलाई ब्यवस्थित र युवाहरुलाई प्रशिक्षित गर्न सके सामाजिक बिकासले फड्को मार्न सक्ने गलकोट नगरपालिकाका प्रबक्ता हिम बहादु्र भण्डारीले ईबागलुङलाई बताए ।

आगामि फागुन २९ गते नगरपालिका भित्रका दर्ता भएका र दर्ता नभएका क्लबहरुका अध्यक्ष र सचिवहरुको भेला गरि कुन कुन क्लबले के के काम गरिरहेका छन ? के गर्न चाहन्छन ? के गराउन सकिन्छ लगायतका बिषयमा छलफल तथा प्रशिक्षण कार्यक्रम गरिने नगरपालिकाका शिक्षा उपसचिव खेम आचार्यले बताए ।

सो अवसरमा सबै सहभागी युवाहरुको सहमतिमा गल्कोट नगरपालिका स्तरिय युवा सञ्जाल गठन गर्न सकिने उपसचिव आचार्यको भनाई छ । नगरभित्रका क्लबहरुले गर्ने कार्यक्रम, दर्ता पक्रिया देखि लिएर क्लबहरुको हरेक गतिबिधिमा काम गर्ने गरि सबै युवाहरुको सहमति भए हामी सञ्जाल गठन गछौ आचार्यले भने ।

उक्त भेला तथा प्रशिक्षणमा उपसचिव आचार्य सहित अन्य ब्यक्तिहरुले प्रशिक्षण दिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.